फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामी गर्ने अन्तिम दिन आइतवार

साउन १५, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकोे संस्थापक शेयर लिलामीमा आवेदन दिने अन्तिम दिन आइतवार बैंकिङ समयसम्म रहेको छ ।  कम्पनीले साउन १३ गते १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३४५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित सामग्री

आज कुमारी बैंकको संस्थापक शेयर लिलामी भर्ने अन्तिम दिन

कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार

भदौ ३०, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैंकिङ समयसम्म रहेको छ ।  बैंकले कम्पनीको ८४ हजार ८९२ कित्ता संस्थापक शेयर भदौ २१ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ५२९ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।  आवेदकले शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने जानकारी गराएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रभु बैंकको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज

भदौ २८, काठमाडौं । प्रभु बैंकको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीको यस लिलामीमा शेयरमा संस्थापक शेयरधनीसहित अन्य इच्छुक ब्याक्ति तथा संघसंस्थाले सोमवार बैंकिङ समयसम्म लिलामी शेयरमा आवेदन गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. २१० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र भदौ ३० गते बिहान १० बजे मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार, कमलादीमा खालिने कम्पनीले बताएको छ । विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रभु बैंकको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार

साउन २८, काठमाडौं । प्रभु बैंक लिमिटेडको संस्थापक लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ समयसम्म रहेको छ । कम्पनीले २ लाख २ हजार १८६ कित्ता संस्थपक शेयर साउन १५ गतेदेखि लिलामी ल्याएको हो ।  उक्त शेयरको न्यूनतम मूल्य रू. २१० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । संस्थापक शेयर खरीद गर्न इच्छुक बोलपत्रदाताले न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी गराएको हो ।  शुक्रवार बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र साउन ३१ गते बिहान १० बजे एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा बोलपत्र खाल्ने पनि जानकारी गराएको हो । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा लिलामी गर्ने अन्तिम दिन आइतवार

साउन २२, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवार बैंकिङ्ग समयसम्म रहेको छ ।  कम्पनीले असार १३ गतेदेखि १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३४५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  इच्छुक आवेदकले यस लिलामी शेयरमा साउन २४ गते आइतबार बैंकिङ समये सम्म बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने भोली अन्तिम दिन

काठमाडौं, ७ साउन । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीका ल्याएको ५ लाख ४८ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने असार ८ (भोली) अन्तिम दिन हो । पहिलो पटक वितरण हुन नसकेको संस्थापक फेरी लिलामीमा ल्याएको हो । कम्पनीको अनुसार असार १६ गतेदेखि २५ गतेसम्म ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्र […]

स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने मंगलवार अन्तिम दिन

असार २८, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन मंगलवार अन्तिम दिन रहेको छ ।  कम्पनीले १ लाख ९० हजार ६५२ कित्ता संस्थापक शेयर जेठ २६ गतेदेखि लिलीमा ल्याएको हो ।  शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५१ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । मंगलवार बैंकिङ समयसम्म विद्यमान संस्थापकहरु तथा जो कोही व्याक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन गर्न सक्नेछन् ।  उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १००० क्रित्ताको लागि आवेदन दिन सक्नेछन भने अधिकतमको कुनै हद लाग्ने छैन । कम्पनीले प्राप्त भएका बोलपत्रहरु असार ३० गते बिहान १० बजे हिमालयन क्यापिटलमा खोल्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

समृद्धि फाइनान्सको हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं, १० असार । समृद्धि फाइनान्सको असार ३ गतेदेखि लिलामी बिक्रिमा ल्याएको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिन्छ । कम्पनीले १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी विक्रि गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ शेयरमुल्य तोकेको छ । तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर (असार १०) आजसम्म […]

नेशनल लाइफको लिलामी शेयरमा भोलीसम्म आवेदन दिन सकिने

काठमाडौं, ९ जेठ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा भोलीसम्म आवेदन दिन सकिन्छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता संस्थापक शेयरमा आवेदन दिने भोलि अन्तिम दिन हो । बैंकले इन्स्योरेन्सको उक्त संस्थापक शेयर बैशाख २७ गतेदेखि लिलामीमा ल्याएको थियो । आवेदकले कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ सय […]