यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति रहेका छन् ।जसअनुसार नेकपा (एमाले) का तर्फबाट धनकुटा–१ बाट राजेन्द्रकुमार राई, पाँचथर–१ बाट वसन्तकुमार नेम्वाङ, सोलुखुम्बु–१ मा मानवीर राई, खोटाङ–१ मा रामकुमार राई, इलाम&ndas