आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ । आदिवासी जनजाति आयोगको आयोजनामा जारी सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले प्रस्तुत गर्ने फरक–फरक कार्यपत्रमाथि छलफल जारी छ ।सम्मेलनको पहिलो दिन ‘संस्कृति र संस्कार’ तथा ‘प्रदर्शनकला र पर्यटन’ गरी दुई विषयमा छलफल भएको छ । संस्कृति र संस्कार अन्तरगत प्रतिभा पुनको ‘परम्परागत उपचारमा झाँक्री ज्ञान: लोक विश्वास र वैज्ञानिकता’, गणेश राई