इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । राजस्थानले जीतका लागि प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा ९ बल बाँकी छँदै पछ्यायो । पछिल्ला ४ खेलमा हारपछि हैदराबादको यो पहिलो जीत हो । जीतका बावजुद हैदराबाद अंक तालिकाको पुछारमा रहेको छ ।हैदराबादलाई जीत दिलाउन ओपन जेसन रोय र कप्तान केन विलियमसनले अर्धशतकीय पारी खेले । रोयले मात्र ४२ बलमा ८ चौका र १ छक्काको मद्दतले ६० रन बनाए । विलियमसनले ४१ बलमा ५१ रन बनाए । त्यस्तै,