नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सम्मान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा बसन्तपुरमा सम्पन्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममा कम्पनीलाई कदरपत्र प्रदान गरिएको हो । नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दरबारमार्गस्थित प्रहरी कार्यालयको पुनःसम्भार तथा पुनःस्थापनामा नेपाल लाइफले गरेको सहयोगको […]
काठमाडौं– महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्न राजनीतिक कदम चालिएको भन्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरू शुक्रबार बिहान माइतीघरमा भेला भएर बानेश्वरसम्म विरोध र्याली गरेका हुन । तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौं– आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरू यतिबेला सुन्तला बिक्रीमा व्यस्त देखिएका छन् । भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्दछ । व्यावसायिक रूपमा […]