सामसङका ‘जेड फोल्ड थ्री’ र ‘जेड फ्ल्पि थ्री’ को प्रि-बुकिङमा उत्साहजनक सहभागिता

नेपाली बजारमा सामसङका दुई फोल्डेबल फोन ग्यालेक्सी ‘जेड फोल्ड थ्री’ र ‘ग्यालेक्सी जेड फ्लिप थ्री’ फाइभजी स्मार्टफोनको प्रि-बुकिङ्गमा उत्साहजनक सहभागिता भएको कम्पनीले जनाएको छ । यी मोडलको प्रि-बुकिङमा ६ दिनमै लक्ष्य हासिल गर्न सफल भएको बताउँदै कम्पनीले अस्थायी रुपमा प्रि-बुकिङ बन्द गर्नुपरेको बताएको छ । ‘हामीले प्रि-अडर खुल्ला गरेको ६ दिनमै लक्ष्य प्राप्त गरिसकेका थियौं […]

सम्बन्धित सामग्री

सामसङले आफ्ना फ्ल्यागशिप फोनमा चार वर्षसम्म एन्ड्रोइड अपडेट दिने

सामसङले आफ्नो फ्ल्यागशिप डिभाइसहरुमा चार वर्ष सम्म एन्ड्रोइड अपग्रेड दिने घोषणा गरेको छ । कम्पनीले ग्यालेक्सी एस २२ सिरिज र ट्याब एस एटले चार वर्ष सम्म एन्ड्रोइड ओएस अपडेट दिने बताएको छ । यो नीतिमा एस २१, जेड फोल्ड थ्री, जेड फ्लीप थ्री पनि संलग्न रहेका छन् । एन्ड्रोइड फोन निर्माताहरु मध्य यो सबैभन्दा लामो समय अपडेट प्रदान गरिने भएको हो । गूगलले पनि पिक्सेल फोनमा तीन...

सामसङ फोल्डेवल फोनको प्रि बुकिङ्ग कम्पनीको अनुमान भन्दा बढी

काठमाडौं । सामसङले स्मार्टफोनका दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्ड थ्री फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप थ्री फाइभ जीको प्रि बुकिङ्गमा उत्साह जनक सहभागिता देखिएको छ ।ग्यालेक्सी जेड फोल्ड थ्री फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप थ्री फाइभ जीको प्रि बुकिङ्ग कम्पनीले अनुमान गरेभन्दा ज्यादै बढी प्राप्त भएको सामसङले जनाएको छ । सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फ्लिप थ्रीको प्रि बुकिङ्गमा देखिएको सहभागिताले कम्पनी प्रति ग्राहकको विश्वासलाई पुष्टि गरे

सानिमा बैंकका ग्राहकले किस्तामा सामसुङको फ्ल्यागसिप फोन खरिद गर्नसक्ने

काठमाडौँ- सानिमा बैंक र सामसुङ मोबाइलको आधिकारिक बिक्रेताहरु आईएमएस नेपालबीच बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने बैंकले जनाएको छ। सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक…

सानिमा बैंकका ग्राहकले किस्तामा सामसुङको स्मार्टफोन खरिद गर्न सक्ने

सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ ।सानिमा बैंकका ग्राहकलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा (जिरो ईएमआई) प्रदान गर्ने सम्झौता भएको हो ।सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको […]

सानिमा बैंकका ग्राहकलाई सामसङ फोन किन्ने यस्तो छ अफर

काठमाडौं । सानिमा बैंक लिमिटेडका ग्राहकहरुले सामसङ स्मार्ट फोनमा विशेष सुविधा पाउने भएका छन् ।नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरू आईएमएस नेपाल र हिम इलेक्ट्रोनिक्ससँग बैंकले आफ्ना ग्राहकहरुलाई सामसङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने बारे सम्झौता भएको छ ।सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि—बुकिङ

सानिमा बैंक – हिम इलेक्ट्रोनिक्स सम्झौता

काठमाडौं (अस) । सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालि एवं हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ ।सम्झौताअनुसार बैंकका ग्राहकलाई सामसुङको फ्ल्यागसिप स्मार्ट फोन जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्ट फोन शून्य प्रतिशत मासिक किस्तामा उपलब्ध गराइनेछ । बैंकका ग्राहकले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोन जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिका लागि प्रि–बुकिङ गर्न सक्नेछन् । साथै, प्रि—बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सकिनेछ । भदौ २० गतेबाट प्रि–बुकिङ सुरु भएको उक्त मोबाइलको औपचारिक लञ्च आउँदो असोज ६ मा हुनेछ । प्रि–बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभरका आधिकारिक आउटलेटबाट प्राप्त गर्न सकिने बैंकले बताएको छ । हाल बैंकले १०४ शाखा तथा ९६ एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

सामसङको अनप्याक्ड इभेन्टमा के के भए सार्वजनिक ?

सामसङले हिजो अनप्याक्ड इभेन्ट आयोजना गरेको थियो । उक्त अनप्याक्ड इभेन्टमा सामसङले नयाँ नयाँ प्रडक्ट सार्वजनिक गर्ने गर्दछ । कम्पनीले अगस्ट ११ अर्थात हिजो आयोजना गरेको आफ्नो अनप्याक्ड इभेन्टमा चार ओटा डिभाइस सार्वजनिक गरेको छ । इभेन्टबाट कम्पनीले स्मार्टफोन, स्मार्टवाच र ग्यालेक्सी बड सार्वजनिक गरेको छ ।  १. ग्यालेक्सी जेड फोल्ड थ्री ग्यालेक्सी जेड फोल्ड थ्री...

पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा सामसङ

साउन २५, सोल(दक्षिण कोरिया) । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सले पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले  ‘ग्योलेक्सी अनप्याक्ड’ मार्फत् आउँदो अगस्ट ११ अर्थात् आगामी बुधवार उक्त फोन सार्वजनिक गर्न लागेको हो । कम्पनीले आफ्नो वार्षिक कार्यक्रममा फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । कम्पनीले विभिन्न अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुलाई एउटा इभेन्टको आयोजना गर्न लागेको जानकारी दिइसकेको छ । कम्पनीले नयाँ उत्पादन सार्वजनिक गर्ने कार्यक्रमको रुपमा ग्यालेक्सी अनप्याक्ड प्रत्येक वर्ष आयोजना गर्ने गरेको छ । यो वर्ष भर्चुअल माध्यमबाटै अनप्याक्ड इभेन्ट आयोजना हुनेछ । उक्त इभेन्ट मार्फत कम्पनीले बहुप्रतिक्षित पट्याउन मिल्ने (फोल्डेबल) फोन ग्यालेक्सी जेड फोल्ड थ्री र ग्यालेक्सी जेड फिल्प थ्री सार्वजनिक गर्ने छ । साथै ग्यालेक्सी वाच ४, ग्यालेक्सी वाच ४ क्लासिक तथा ग्यालेक्सी बड्स २ पनि सार्वजनिक हुने सञ्चारमाध्यमहरुले  बताएका छन् । एजेन्सी