पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा सामसङ

साउन २५, सोल(दक्षिण कोरिया) । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सले पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले  ‘ग्योलेक्सी अनप्याक्ड’ मार्फत् आउँदो अगस्ट ११ अर्थात् आगामी बुधवार उक्त फोन सार्वजनिक गर्न लागेको हो । कम्पनीले आफ्नो वार्षिक कार्यक्रममा फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । कम्पनीले विभिन्न अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुलाई एउटा इभेन्टको आयोजना गर्न लागेको जानकारी दिइसकेको छ । कम्पनीले नयाँ उत्पादन सार्वजनिक गर्ने कार्यक्रमको रुपमा ग्यालेक्सी अनप्याक्ड प्रत्येक वर्ष आयोजना गर्ने गरेको छ । यो वर्ष भर्चुअल माध्यमबाटै अनप्याक्ड इभेन्ट आयोजना हुनेछ । उक्त इभेन्ट मार्फत कम्पनीले बहुप्रतिक्षित पट्याउन मिल्ने (फोल्डेबल) फोन ग्यालेक्सी जेड फोल्ड थ्री र ग्यालेक्सी जेड फिल्प थ्री सार्वजनिक गर्ने छ । साथै ग्यालेक्सी वाच ४, ग्यालेक्सी वाच ४ क्लासिक तथा ग्यालेक्सी बड्स २ पनि सार्वजनिक हुने सञ्चारमाध्यमहरुले  बताएका छन् । एजेन्सी

सम्बन्धित सामग्री

अपाचेको विशेष संस्करण सार्वजनिक हुने

टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ।

अपाचेको विशेष संस्करण सार्वजनिक हुने

टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ।

वाई सिरिजअन्तर्गत–वाई५५ सार्वजनिक गर्ने तयारीमा भिभो

यही असार ११ गते सार्वजनिक हुने तयारीमा रहेको यस स्मार्ट फोनमा प्रयोगकर्ताहरूले अपेक्षा गर्न सक्ने केही विशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ ।

वाई सिरिजअन्तर्गत–वाई ५५ सार्वजनिक गर्ने तयारीमा भिभो

स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई ५५ असार ११ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । वाई ५५ मा ५००० एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिना कुनै पनि ब्याट्री समस्या चलाउन सकिने कम्पनीले जनाएको छ ।  साथै, यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि यो नयाँ उपकरण उत्तम विकल्प सक्ने कम्पनीको विश्वास छ ।शक्तिशाली पर्फमेन्शका लागि वाई ५५ मा क्वालकम स्न्या

'हन्टर'लाई नेपाली बजारमा सार्वजनिक गर्ने तयारीमा चाँगन

चीनको अग्रणी अटोमोबाइल ब्रान्ड चांगन अटोले आफ्नो प्रिमियम पिक-अप 'हन्टर' नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले हन्टरको प्रि- लन्चको अभियानसंगै यसै महिनामा सार्वजनिक गर्ने तयारी गरेको छ । हन्टरमा १.९ टर्बोचार्ज्ड इन्जिन छ जसमा १९१० सी. सीको डीसप्लेसमेन्ट रहेको छ र यसले १५० एच. पी पावर र ३५० एन. एम टर्क उत्पादन गर्दछ।हन्टरको ३९१० एमएमको व्हील बेस रहेको छ र २३० एम एम ग्राउन्ड क्लियरेन्स सहित आउँद छ, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको छ । यसबाट गाडीको अन्डरबडी र चेसिसमा हुन सक्ने सबै ...

मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीति भोलि बिहान ८ बजेपछि बस्ने सञ्चालक समितिको बैठकमा पेश गर्ने तयारी भएको राष्ट्र बैंक स्रोतले बताएको छ । स्रोतले भन्यो,'मौद्रिक नीति भोलि सञ्चालक समितिमा पेश गर्ने तयारी छ, त्यहाँ छलफल भएपछि सम्भवत भोलि नै सार्वजनिक हुन पनि सक्छ ।' साउन पहिलो साता सार्वजनिक गर्ने तयारी भएपनि राजनीतिक उतारचढावपछि भएको सरकार परिवर्तनका कारण मौद्रिक नीति ढिलो गरी सार्वजनिक हुन लागेको हो ।

आज विन्डोज - ११ सार्वजनिक गर्ने तयारीमा माइक्रोसफ्ट

असार १०, सन फ्रान्सिस्को (अमेरिका) । माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम विण्डोज- ११ को घोषणा बिहीवार गर्दैछ । कम्पनीले भर्चुअल कन्फ्रेन्सबाट पीसी प्रयोगकर्ताका लागि विण्डोजको नयाँ भर्सन घोषणा गर्ने तयारी गरेको हो । नेपाली समयअनुसार बेलुकी ८ : ४५ बाट  विण्डोज इभेन्ट शरू हुनेछ । विन्डोजको यो नयाँ भर्सनलाई कम्पनीले विन्डोज अपरेटिङ सिस्टममा भएको अहिलेसम्मकै ठूलो अपडेट भनेको छ । उक्त सार्वजनिकीकरण समारोहलाई माइक्रोसफ्टको युट्युब च्यानलमार्फत् प्रयोगकर्ताहरुले प्रत्यक्ष हेर्न पाउनेछन् । कम्पनीका  प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष सत्य नाडेला र चिफ प्रडक्ट अफिसर पानोस पानायले उक्त इभेन्ट होस्ट गर्नेछन् । उसले विन्डोज - १० प्रयोगकर्ताका लागि निःशुल्क रुपमा विन्डोज- ११ को अपडेट प्राप्त हुने पनि बताएको छ । आगामी अक्टोबरदेखि बजारमा आउने यो संस्करण सार्वजनिक गर्नेगरी कम्पनीले काम गरिरहेको बताइएको छ । विण्डोजको नयाँ संस्करणको युजर इन्टरफेसमा धेरै परिवर्तन हुनुका साथै अन्य आधुनिक फिचरहरु पनि थप गरिएको बताइएको छ । माइक्रोसफ्टले ‘सन भ्याली’ कोडनेममा यो परियोजना अगाडि बढाएको छ । हालै लिक भएको नयाँ फिचरअनुसार विण्डोज- ११ मा सुधारिएको स्टार्ट मेन्यु र टास्कबार, नयाँ एनिमेसन, आइकन, साउन्डका साथै परिस्कृत एप डिजाइन पनि रहेको छ । कम्पनीले सन् २०२५ देखि विन्डोज १० बन्द गर्ने घोषणा गरेको छ । नयाँ संस्करणको विन्डोज सार्वजनिक हुनु अगावै त्यसका कतिपय फिचरहरु भने लिक भइसकेको छ । एजेन्सी

हार्ले डेभिडसनको नयाँ विद्युतीय मोटरसाइकल सार्वजनिक हुने तयारीमा

‘लाइभ वायर’ सन् २०२१ को जुलाई ८ तारिखदेखि अन्तर्राष्ट्रिय मोटरसाइकल सोमार्फत डेब्यू गरिने अमेरिकी समाचार वेभसाइट इलेक्ट्रिकले जनाएको छ।