सानिमा बैंकका ग्राहकले किस्तामा सामसुङको फ्ल्यागसिप फोन खरिद गर्नसक्ने

काठमाडौँ- सानिमा बैंक र सामसुङ मोबाइलको आधिकारिक बिक्रेताहरु आईएमएस नेपालबीच बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने बैंकले जनाएको छ। सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक…

सम्बन्धित सामग्री

सानिमा बैंकका ग्राहकले सामसङका फोल्डेबल फोन किस्तामा खरिद गर्न पाउने

सानिमा बैंक लिमिटेडका ग्राहकहरुले सामसङ स्मार्ट फोनमा विशेष सुविधा पाउने भएका छन् । नेपालस्थित सामसङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरू आईएमएस नेपाल र हिम इलेक्ट्रोनिक्ससँग बैंकले आफ्ना ग्राहकहरुलाई सामसङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने बारे सम्झौता भएको छ । सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी...

सानिमा बैंकले निब्र्याजी मासिक किस्तामा सामसङको स्मार्ट फोन दिने

सानिमा बैंक लिमिटेड र नेपालका सामसङ मोबाइल फोन आधिकारिक विक्रेताहरू आइएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकहरूलाई सामसङको फ्ल्यागसिप स्मार्ट फोन किस्ताबन्दीमा प्रदान गर्ने सम्झौता भएको छ । सानिमा बैंकका...

सानिमा बैंकका ग्राहकलाई सामसङ फोन किन्ने यस्तो छ अफर

काठमाडौं । सानिमा बैंक लिमिटेडका ग्राहकहरुले सामसङ स्मार्ट फोनमा विशेष सुविधा पाउने भएका छन् ।नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरू आईएमएस नेपाल र हिम इलेक्ट्रोनिक्ससँग बैंकले आफ्ना ग्राहकहरुलाई सामसङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने बारे सम्झौता भएको छ ।सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि—बुकिङ

सानिमा बैंक – हिम इलेक्ट्रोनिक्स सम्झौता

काठमाडौं (अस) । सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालि एवं हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ ।सम्झौताअनुसार बैंकका ग्राहकलाई सामसुङको फ्ल्यागसिप स्मार्ट फोन जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्ट फोन शून्य प्रतिशत मासिक किस्तामा उपलब्ध गराइनेछ । बैंकका ग्राहकले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोन जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिका लागि प्रि–बुकिङ गर्न सक्नेछन् । साथै, प्रि—बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सकिनेछ । भदौ २० गतेबाट प्रि–बुकिङ सुरु भएको उक्त मोबाइलको औपचारिक लञ्च आउँदो असोज ६ मा हुनेछ । प्रि–बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभरका आधिकारिक आउटलेटबाट प्राप्त गर्न सकिने बैंकले बताएको छ । हाल बैंकले १०४ शाखा तथा ९६ एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

बैंकिङ सिष्टम ह्याक प्रकरण : नेपाल राष्ट्र बैंकले भन्यो - डराउनु पर्दैन

साउन ७, काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १५ ओटा बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ ।  बुधवार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधवार साँझ इमेल आए तापनि बिहीवार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । उनका अनुसार आफूलाई ह्याकर बताउने समूहले राष्ट्र बैंकसहित १५ ओटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको थियो । ‘मलाई भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएको थियो, हामीले हाम्रो (नेपाल राष्ट्र बैंकको) र बैंकहरूको सिस्टम चेक गर्‍यौँ, हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनुपर्ने अवस्था छैन’, उनले भने, ‘यो कार्य कानूनीरूपमा दण्डनीय हो, त्यसमाथि कारबाही हुन्छ ।’ उनका अनुसार इमेल र कल गर्ने व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको छ तर कसले त्यस्तो म्यासेज पठाएको भन्ने विषयमा हालसम्म केही खुलेको छैन ।  कसैले धम्क्याउने प्रयोजनका लागि पनि उक्त इमेल र फोन गरेको हुनसक्ने आशंका गरिएको बैंकका अधिकारीहरु बताउँछन् । ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एशिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरी ती बैंकको सिस्टम ह्याक गरेर रकम निकालिने बताइएको छ ।  साथै सो म्यासेजमा आफूले पठाएको सन्देशलाई हलुका रूपमा नलिन ह्याकरले चेतावनी पनि दिएको छ । रासस