ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीका फिचर अब पुराना फोल्डेबल फोनमा पनि उपलब्ध हुने

सामसङले ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीको फिचर अरु पुरानो फोल्डेबल फोनहरुमा पनि उपलब्ध गराएको छ । यससँगै अब प्रयोगकर्ताहरुले सफ्टवेयर अपडेट पाउनका लागि ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्री किन्नु नपर्ने भएको छ ।  सामसङले वान यूआई ३.१.१ अपडेट रोलआउट गर्दैछ, जसले फोनको मल्टिटास्क गर्ने फिचर र एपको साइज मिलाउन मिल्ने फिचर फोल्ड, फोल्ड २, फ्लिप र फ्लिप फाइभ जीमा पनि...

सम्बन्धित सामग्री

सानिमा बैंक – हिम इलेक्ट्रोनिक्स सम्झौता

काठमाडौं (अस) । सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालि एवं हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ ।सम्झौताअनुसार बैंकका ग्राहकलाई सामसुङको फ्ल्यागसिप स्मार्ट फोन जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्ट फोन शून्य प्रतिशत मासिक किस्तामा उपलब्ध गराइनेछ । बैंकका ग्राहकले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोन जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिका लागि प्रि–बुकिङ गर्न सक्नेछन् । साथै, प्रि—बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सकिनेछ । भदौ २० गतेबाट प्रि–बुकिङ सुरु भएको उक्त मोबाइलको औपचारिक लञ्च आउँदो असोज ६ मा हुनेछ । प्रि–बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभरका आधिकारिक आउटलेटबाट प्राप्त गर्न सकिने बैंकले बताएको छ । हाल बैंकले १०४ शाखा तथा ९६ एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।