काठमाडौं । चिनियाँ ब्राण्ड जिलीको इलेक्ट्रीक सब ब्राण्ड जीकरले एक पटकको फुल चार्जमा ८७० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार बजार ल्याएको छ । कम्पनीले सेडान कारको रुपमा ल्याएको ‘जीकर-००७’ मोडलमा ४७५ किलोवाट क्षमताको निकै पावरफुल इलेक्ट्रीक मोटर दिएको छ । यति पावरफुल मोटर भएपनि यसले फुलचार्जमा ८७० किलोमिटर रेन्ज दिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ […]