काठमाण्डाै – सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि गुप्तचर परिचालन गरेको, नागरिकको फोन ट्यापिङ गरी वैतिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको स्पष्टीकरण दिएकाे छ ।
आज शुक्रवार मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्ताे दाबी गर्नुभएकाे हाे । उहाँले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेकाे, यसको सम्मान र संवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्तो भ्रममा...