निर्वाचन सार्ने कुरा गरेका छैनौ : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार मन्त्री तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले निर्वाचन सार्ने कुरा नगरेको बताएका छन् । आइतबार बालुवाटारमा कानुन व्यवसायीसँगको छलफलपछि मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।‘संविधानको भावना र स्प्रिट अनुसार हामी चल्छौ । निर्वाचन सार्ने कुरा गरेका छैनौं । संविधान अनुसार तीनै तहको निर्वाचन हुन्छ, चाहे त्यो संघ, प्रदेश वा स्थानीय तहको निर्वाचन नै किन नहोस ?’ मन्त्री कार्कीको भनाइ छ ।