सरकारका प्रवक्ता भन्छन् : राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास छ

४ असोज, काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानतः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए । ‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भने । प्रतिनिधिसभा […]

सम्बन्धित सामग्री

राष्ट्रपतिको कदमले सत्ता गठबन्धनको सिट भागबण्डा प्रभावित

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट भागबण्डाको छलफल प्रभावित भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबाट उत्पन्न परिस्थितिका कारण बुधबारका लागि तय भएको छलफल प्रभावित भएको हो।  गठबन्धनका शीर्ष नेताहरु राष्ट्रपतिको कदमपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच कसरी अघि बढ्ने भन्नेतर्फको छलफलका केन्द्रित भएपछि भागबण्डाको छलफल भने प्रभावित बनेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । राष्ट्

सीट बाँडफाँड टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं : सीट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ।प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बैठक बैठक बस्न  सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए। उनले ८० प्रतिशत सिटमा भागबण्डा मिलेको र आज बस्ने बैठकले त्यसलाई टुंगो लगाउने दाबी पनि गरे। आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको पनि दाबी छ। आजको बैठकमा राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र गठबन्धनको आगा

राष्ट्रपतिले संविधानको पालना गर्ने विश्वास छ : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संविधानमा रहेको व्यवस्थाअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिका विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।  विधेयक प्रमाणीकरणका लागि केही घण्टा मात्र बाँकी हुँदा पनि राष्ट्रपतिबाट नागरिकता...

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नेमा विश्वस्त छौं : सरकारका प्रवक्ता

काठमाडौं – सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता कार्कीले राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नेमा विश्वस्त रहेको बताए । ‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भने । प्रतिनिधि सभा र राष्ट्रिय […]

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वासमा सरकार

काठमाडौँ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास समेत व्यक्त गरेका हुन् ।  राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने म्याद आजै मध्यरातदेखि सकिँदैछ । तर, राति ९ बितिसक्दा […]

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने सरकारको विश्वास

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास  व्यक्त गरेका हुन् । सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘अव राष्ट्रपतिजीले संविधानतः प्रमाणीकरण गर्नु हुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ । आज अन्तिम दिन हो, टाइम छ, हेरौं ।’ राष्ट्रपतिले विधेय

नागरिकता विधेयकबारे छलफल

मन्त्रीपरिषद् बैठकमा नागरिकता विधेयक प्रमाणीकरण विषयमा छलफल भएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्गलबारको मन्त्रीपरिषद् बैठकमा नागरिकता विधेयकमाथि पनि सामान्य छलफल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “मन्त्रीपरिषद् बैठकमा नागरिकता विधेयकको विषय पनि प्रवेश भएको थियो। राष्ट्रपतिज्यूले संविधानभित्र रहेर, संविधानको अधिकार प्रयोग गरेर प्रमाणीकरण हुन्छ भन्ने हाम्रो विश्वास हो।”