सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार र प्रचारमा कुनै सत्यता नभएको दावी गरेका छन् । ‘मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा कुनै सत्यता छैन’, कार्कीले रातोपाटीसँग भने ।यसअघि मन्त्रिमण्डलमा प्रधानन्यायाधीश राणाले समेत भाग खोजेको प्रचार भएको थियो । उक्त प्रचारको सर्वोच्च अदालतले समेत खण्डन गरिसकेको छ । उनले आजै बिहान गठबन्धनका शीर्ष नेताहरुबीच चाँडै मन्त्रिपरिषद विस्तारबारे छलफल भएक