धितोपत्र बजारमा लगातार उकालो लागिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार थामिएको छ ।
लगातार कीर्तिमान बनाउँदै उकालो लागेको नेप्सेमा बिहीवार दोहोरो अंकको करेक्सन देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६ अंकले घटेर ३ हजार १०७.४५ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ ले उकालो लागेर ५७९ मा पुगेको छ ।
नेप्से ओरालो लागे पनि कारोवार रकम १४ अर्बमा नै कायम रहेको छ । कूल २२६ कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हज...