शुक्रबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १५.८२ अंकले घट्दै २२ सय २३.७८ अंकमा झरेको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ३.४० अंकले घट्दै ४३३.०७ अंकमा झरेको छ ।यस दिन होटल तथा पर्यटन बाहेक अन्य १२ वटा उपसमूह ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ भने हाइड्रोपावरको उपसूचक १.१५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक १.७९ प्रतिशतले घटेको छ ।