आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से सूचक १०.८३ अंकले घट्दै २९ सय २०.५१ विन्दुमा ओर्लिएको हो । तर, आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने स्थिर जस्तै रहँदै ०.०६ प्रतिशतले मात्र वृद्धि हुँदै ५८३.८० विन्दुमा अडिएको छ । यस दिन जीवन बीमा, निर्जीवन बीमा, म्युचुअल फन्ड र म्यानु एण्ड प्रो बाहेकका सबै जसो उपसूचकहरु ऋणात्मक भएका छन् । यद्यपि, १० अंक माथिले घटेको बजार