सोमबार सेयर परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.१५ अंकले घट्दै २१०६.१५ अंकमा झरेको हो । आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.४४ अंकले घट्दै ४०६.११ अंकमा झरेको छ । आज म्यानु एण्ड प्रो र म्युचुअल फन्ड बाहेकका सबै उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक २.४२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूह १.६१ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक समूहको उपसूचक १.६१ प्रतिशतले घटेको छ भने इनभेष्टमेन्