आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन समेत रहेको आज आइतबार नेप्से परिसूचक १८.५३ अंकले घटेर २६ सय ६२.५८ विन्दुमा झरेको हो । गत बुधबार यस्तो सूचक अधिकतम ६८.४७ अंकले बढेर २६ सय ८१.१० बिन्दुमा अडिएको थियो । सातामा पाँच दिन अर्थात् आइतबारदेखि बिहीबारसम्म बजार खुल्ला हुने भएपनि गत हप्ताको बिहीबार दसैंको पहिलो दिन (घटस्थापना) परेकाले सार्वजनिक विदाका कारण कारोबार बन्द हुन पुग्यो ।त्यसो त तीन दिनपछि खुलेको बजारमा आज ने