बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १९.६५ अंकले घट्दै २६ सय ३१.३२ अंकमा झरेको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.२२ अंकले घटेर ४९७.३७ अंकमा झरेको छ ।यसदिन होटल तथा पर्यटन समूहको उपसूचक २.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमाको उपसूचक ०.६४ प्रतिशतले र म्युचुअल फन्ड ०.०२ प्रतिशतले बढेको छ । बाँकी अन्य सम्पूर्ण उपसूचक ऋणात्मक भएका छन् ।१९ अंक माथिले घटेको बजारमा आज २ अर्ब ५७ करोड ४ लाख रुपैयाँ बराबरको सेयर क