एजेन्सी । युरोपमा कोरोना भाइरसको संक्रमणको नयाँ लहर सुरु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार झण्डै दुई महिनापछि युरोपमा दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ । संक्रमितको संख्या बढ्दै जाँदा फेरि अर्को चरणको महामारी सुरु हुनसक्नेतर्फ डब्लुएचओले चिन्ता व्यक्त गरेको छ । युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले संक्रमितको संख्यामा वृद्धि भएको हो […]