कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को तेस्रो लहर सुरु भएयता ३ हजार जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पुस महिनादेखि माघ १६ अर्थात आइतबारसम्मको तथ्याङ्क हेर्दा ३ हजार ६८ जनामा कोरोना देखिएको हो । जसमा पुस महिनाभर जम्मा १६६ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएकोमा माघको आधा महिनामा मात्रै २ हजार ९०२ जनामा कोरोना देखिएको छ। जुन पुस महिनाको तुलनामा झण्डै ९५ प्रतिशतले बढी हो । यो हिसाबले प्रदेशमा कोरोना संक्रमणको अबस्था भयावह बन्दै जानसक्ने जनस्वास्थ्यविद्हरुको आंकलन छ ।स्वास