काठमाण्डाै - अमेरिकी गुप्तचर निकायले कोभिड–१९ अर्थात कोरोना भाइरसको उत्पत्तिबारे थाहा नहुन पनि सक्ने निष्कर्ष निकालेको छ ।
कोरोना भाइरस उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने उनीहरुको निचोड छ । ती निकायले कोरोना भाइरस जैविक हतियार नभएको समेत निष्कर्ष निकालेका छन् ।
अफिस अफ द यूएस डाइरेक्टर अफ नेशनल इन्टिलिजेन्स ओडीएनआईले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा फैलिएको र प्रयोगशालाबाट मानिसमा सरेको दुवै परिकल्पना वास्तविक हुनसक्ने बताएको छ । तर ठ्याक्कै भन्नका लागि यथेष्ट प्रमाण नभएको उल्लेख छ । गएको अ...