बुटवल– उमेदवारको सिफारिश सूचीमा नपरेपछि रूपन्देहीको सिद्धार्थनगरका कांग्रेस नेताले पार्टी परित्याग गरेका छन्। सिद्धार्थनगरको प्रमुखका आकांक्षी मात्रिकाप्रसाद यादवले पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस परित्यागको घोषणा गरेका हुन्। नगर समितिले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई मात्रै प्रमुखको उम्मेदवारको लागि सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै यादवले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। […]