कम्युनिस्ट पार्टी परित्याग गरेर हालै भारतीय कांग्रेस प्रवेश गरेका चर्चित युवा नेता कन्हैया कुमारबारे एक शब्द पनि नबोल्न राष्ट्रिय जनता दल (आरजेडी) बिहारले प्रवक्ता, नेता–कार्यकर्तालाई कडा निर्देशन दिएको छ ।
भावी मुख्यमन्त्रीका रूपमा हेरिने पार्टी नेता तेजस्वी यादवले ‘कन्हैया को हुन्’ भन्दै सञ्चारकर्मीलाई जवाफ फर्काएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहारबाटै राजनीति गरेका कन्हैया कांग्रेस प्रवेश गरेपछि आरजेडी डराएको छ । विगतमा कांग्रेस र आरजेडीको गठबन्धन हुने गरेको र मुख्यमन्त्रीमा तेजस्वीलाई अगाडि सार्ने...