डडेल्धुरामा नेकपा एस र कांग्रेस (वीपी) बीच चुनावी तालमेल

डडेल्धुरा : आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (वीपी) बीच तालमेल हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै दुबै पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा संयुक्त रूपमा होमिने जनाएका हुन्।प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेस वीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनबाट असन्तुष्ट नेकपा एसका नेता डा. तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्

सम्बन्धित सामग्री

सिट बाँडफाँडको आधार प्राप्त मत र लोकप्रियता

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति घोषणा गरेको भोलिपल्ट शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका […]

वीरेन्द्रनगरमा कांग्रेस-माओवादीलाई राप्रपाको चुनौती, जित्नेमा एमाले आशावादी

सुर्खेत । सुर्खेत वीरेन्द्रनगको मेयर र उपमेयरमा कांग्रेस–माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् भने एमाले र नेकपा एस एक्लै प्रतिस्पर्धामा छन् । वडा तहमा भने सबै दलले एक्लाएक्लै भिड्दैछन् । यहाँ राप्रपाले पनि पनि चुनावी प्रचारलाई तीव्र बनाएको छ । नेकपा एमालेबाट नगरप्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ खनाल चुनावी प्रतिस्पर्धामा उभिँदा दुई दलको गठबन्धनबाट […]

सुर्खेतका पाँच स्थानीय तहमा कांग्रेस-माओवादीबीच तालमेल, चारमा सिंगल भिडन्त

सुर्खेत । सुर्खेतका नौ वटै स्थानीय तहमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुने भएको छ भने गठबन्धनबाट नेकपा एस आउट भएको छ । दुई पक्षबीच तीव्र विवाद भएको कांग्रेस निर्वाचनमा पराजय हुने स्थितिमा पुगेपछि माओवादीसँग तालमेल गर्न सहमत भएको हो । शुक्रबार केन्द्रीय गठबन्धनको निर्देशनपछि दुई दलको बैठक बसेको थियो । बैठकमा माओवादीले एक पालिकामा […]

सुर्खेतमा पनि पाँच दलले गरे तालमेलको निर्णय

सुर्खेत । कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेतमा सत्तारुढ पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी, नेकपा एस, जसपा र जनमोर्चाले सुर्खेतका ९ वटै पालिकामा गठबन्धन बनाएर जाने निर्णय गरेका हुन् । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सुर्खेत जिल्लाका नौ वटै पालिका, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल […]

राष्ट्रिय सभा चुनावका लागि सत्ता गठबन्धनमा भागबण्डा मिल्यो, कसलाई कति सीट ?

राष्ट्रिय सभामा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको सत्ता गठबन्धनमा सीट बाँडफाँड टुंगिएको छ । रिक्त हुने १९ सिटका लागि कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले भागबण्डा गरेका हुन् । पहिले जितेको जितेको सीट सोही दललाई दिने सहमति गठबन्धनमा भएको छ । एमालेले जितेका ८ सीटमध्ये भने कांग्रेसले ३ तथा माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले एक-एक सीटमा उम्मेदवारी दिने गरी सहमति भएको राजमोकी उपाध्यक्ष दुर्गा पौडेलले लोकान्तरलाई जानकारी दिइन् । यससँगै अब कांग्रेसले ६, माओवादीले ५, ...

सत्ता गठबन्धनको चुनावी तालमेल : सबै चाहन्छन्, तर कांग्रेस चाहँदैन

गठबन्धनका घटकहरूले माओवादी, नेकपा एस र जसपाले आगामी निर्वाचनसम्मै गठबन्धन कायम राख्नुपर्ने औपचारिक धारणा बनाइसकेका छन् । गठबन्धनको मुख्य दल नेपाली कांग्रेसभित्र भने गठबन्धनको निरन्तरताबारे पर्याप्त छलफल नै हुन सकेको छैन ।