बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ६ मन्त्री र ४ राज्यमन्त्री

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), रचना खड्का (आर्थिक मामिला तथा योजना मन्त्रालय), विजय सुवेदी (सामाजिक विकास मन्त्रालय), प्रदीपकुमार कटुवाल (स्वास्थ्य), शान्तिप्रसाद पौडेल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), चन्द्र लामा (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) छन् ।यस्तै नवनिय

सम्बन्धित सामग्री

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेका थपलिया बने मन्त्री

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले शनिबार साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । थपलिया दोस्रोपटक प्रदेश सरकारको …

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, जम्मकट्टेल र लामाले लिए शपथ

बागमती प्रदेशमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दोस्रो

बागमती प्रदेश : मन्त्रालय भागवण्डा नमिल्दा सरकार विस्तारमा अलमल

हेटौंडा : मुख्यमन्त्रीको भागवण्डा मिलाउन सकस परेको सत्तारुढ गठबन्धनलाई बागमती  प्रदेशको मन्त्रालय भागवण्डा पनि पेचिलो बनेको छ।गठबन्धनमा रहेको दलभित्र मन्त्रालयको भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार  थप पेचिलो बनेको हो। बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको १५ दिन भइसक्दा पनि सरकार सञ्चालनको लागि महत्वपुर्ण मन्त्रालयहरू नै रिक्त छन्। महत्वपुर्ण र मालदार मन्त्रालयमा गठबन्धनमा रहेको सबै दलले दाबी गर्दा ती मन्त्रालय रिक्त रहेका हुन्। उसो, त कुन दलले

डोरमणि मन्त्रिपरिषद् विस्तार गर्न खोज्दै, नेपाल पक्ष राजीनामा माग्दै

हेटौंडा : बागमती प्रदेशमा वर्तमान सरकारको सत्ता लम्ब्याउन मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी गरिएको छ।केन्द्रमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि बागमती प्रदेश सरकारले आफ्नो सत्ता लम्ब्याउन मन्त्रीपरिषद्‌ विस्तार तयारी थालेको हो।पार्टीभित्रैबाट असहयोग हुँदा केन्द्रमा सत्ता गुमाएको एमालेलाई प्रदेशमा पनि त्यही घटना दोहोरिने डर भएपछि अहिले मन्त्रीको संख्या बढाएर सरकारको आयु लम्ब्याउने प्रयास भइरहेको छ। एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकारमा ओली पक्षको मात्रै सहभागिता छ