हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हाल कायम रहेको ८ मन्त्रालय विभाजन गरेर १४ वटा बनाएका छन्।गठबन्धनमा रहेका दलहरुमा भागबण्डा मिलाउन उनले ६ वटा मन्त्रालय थप गरिसके पनि मन्त्रिपरिषद् भने विस्तार गरिसकेका छैनन्।गठबन्धनमा रहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन र नेकपा माओवादीको प्रदेश अधिवेशनपश्चात मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ।मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको कामलाई व्यवस्थित बनाउन मन्त्रालय विभाजन गरेको बताए पनि सत्तारुढ गठबन्धनका दलबीच भ