बागमती प्रदेश : मन्त्रालय भागवण्डा नमिल्दा सरकार विस्तारमा अलमल

हेटौंडा : मुख्यमन्त्रीको भागवण्डा मिलाउन सकस परेको सत्तारुढ गठबन्धनलाई बागमती  प्रदेशको मन्त्रालय भागवण्डा पनि पेचिलो बनेको छ।गठबन्धनमा रहेको दलभित्र मन्त्रालयको भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार  थप पेचिलो बनेको हो। बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको १५ दिन भइसक्दा पनि सरकार सञ्चालनको लागि महत्वपुर्ण मन्त्रालयहरू नै रिक्त छन्। महत्वपुर्ण र मालदार मन्त्रालयमा गठबन्धनमा रहेको सबै दलले दाबी गर्दा ती मन्त्रालय रिक्त रहेका हुन्। उसो, त कुन दलले