निरन्तर एकै ठाउँमा चक्कर काटिरहेको नेपाली राजनीतिका कारण जनताले निरन्तर अनेक गलत, विवादास्पद र कष्टपूर्ण परिस्थितिबाट गुज्रिनुपरिरहेको छ । यसमा धेरैजसो सहने, टार्ने प्रयास हुन्छ। तर असह्य भएपछि विस्फोट वा विद्रोह हुन्छ ।काँशी जाने भन्दै कुतीतिर लगियो भने अबिलम्ब फर्किनैपर्छ जसरी औषधिले नहुने टुंगो लाग्नासाथ शल्यक्रिया गराउनैपर्छ । राष्ट्रिय जीवनमा यस्ता अप्ठ्यारा स्थिति आउँछन् खासगरी प्राकृतिक वा मानवीय कारणले । तर यी दुईमा तात्विक भिन्नता हुन्छ । मानवीय कारणमा मुख्य हुन्छ नेतृत्वको अकुशलत