सावित्राको उपचार कतारमा हुने

काठमाडौं। राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी राष्ट्रिय महिला टोलिकी स्ट्राईकर सावित्रा भण्डारी (साम्बा)को उपचार कतारमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सावित्राको उपचार कतारमा हुने जनाएको हो। सावित्रा उपचारका लागि शनिबार कतार प्रस्थान गर्नेछिन्।यसअघि कतार फुटबल एसोसियसनकै सहयोगमा राष्ट्रिय पुरुष फुटबल टोलीका दुई सदस्य विमल घर्ति मगर र विक्रम लामा पनि उपचार दोहामा गरिएको थियो।

सम्बन्धित सामग्री

विश्वकपपछि कतारमा भएको परिवर्तन

काठमाडौं । सन् २०२२ को विश्वकप कतारमा सम्भव भएको थियो । विश्वकप हुनुअघि फुटबलभन्दा बढी मानवअधिकार, कामदारको अधिकार, गर्मीलगायतको विषय चर्चामा थियो । त्यो विश्वकपपछि कतारमा केही सुधार भएका छन् । तथापि, त्यस विश्वकपलाई सम्भव बनाएका कामदारलाई बिर्सर्ने हो भने त्यो जस्तो क्रुर केही हुँदैन । एक वर्षअघि भएको कतार विश्वकपका खेलहरू पनि इतिहासकै सर्वाधिक […] The post विश्वकपपछि कतारमा भएको परिवर्तन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कतारमा नेपाली पुस्तकालय स्थापना

१७ माघ, दोहा । कतारस्थित नेपाली दूतावासमा पुस्तकालयको स्थापना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर कतारमा रहेका पुस्तकप्रेमी पाठकहरूको समूह प्रवासी नेपाली समुदायले पुस्तकालय स्थापना गरेको अध्यक्ष अम्बिका पौडेलले बताए । पुस्तकालयमा रहेका नेपालको इतिहास, राजनीतिक र पर्यापर्यटनसम्बन्धी पुस्तकले कतारमा रहेका नेपालीलाई ज्ञानआर्जनमा सहज बनाउने कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले बताए […]

कतारमा मनाइयो 'झुम्या' पर्व

कतारमा मगर समुदायको मौलिक पर्व झुम्या मनाइएको छ। नेपाल मगर संघ कतार शाखाअन्तर्गत रहेको नेपाल मगर सांस्कृतिक परिवार कतारको आयोजनामा झुम्या पर्व मनाईएको हो। नेपालका विभिन्न जिल्लाबाट रोजगारीका सिलसिलामा कतारमा रहेका...

अमेरिका र तालिबानबीच कतारमा फेरि वार्ता हुने

अमेरिका र तालिबानले पुन: वार्ता गर्ने भएका छन् । दुबै पक्षबीच आगामी हप्ता कतारमा पुन: वार्ता हुन लागेको हो ।

कतारमा विधायक छान्नका लागि पहिलो पटक चुनाव

काठमाडौँ । कतारमा हिजो (शनिबार) पहिलो पटक विधायक छान्नका लागि चुनाव भएको छ। अलजजिरा टेलिभिजनका अनुसार ४५ सदस्यीय सुरा काउन्सिलका ३० विधायकका लागि शनिबार मतदान भएको हो। अर्को वर्ष विश्वकप फुटबल आयोजना गर्न लागेको कतारमा पहिलो पटक आम चुनाव भएको हो। शनिबारको चुनावमा ४४ प्रतिशत मतदान भएको थियो। ३० सिटका लागि भएको चुनावमा २३३ जना […]

कतारमा व्यवस्थापिका सदस्य चयनका लागि पहिलो पटक मतदान

काठमाण्डाै – कतारमा व्यवस्थापिका सदस्य चयनका लागि पहिलो पटक मतदान भएको छ । लोकतन्त्रको अभ्यास गरिरहेको मुस्लिम देश कतारमा व्यवस्थापिकाका ४५ सिटमध्ये ३० सिटका लागि मतदान भएको समाचारसंस्था रोयटर्सले जनाएको छ । बाँकी १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था छ । चुनावमा भाग लिएका दुई सय ८४ उम्मेदवारमध्ये २८ जना महिला रहेका छन् । कतारले मुस्लिम शासनमा पनि महिला अधिकारका कानुन कसरी कार्यान्वयन गर्ने भन्ने कुरा आफूहरुबाट सिक्न तालिबानलाई भनेको भए पनि चुनावमा महिलाको उम्मेदवारी भने निकै कम भएको हो । लोकतन्त्रक...

अब कतारमा पनि गोल्डस्टारको बिक्री सुरु हुँदै

काठमाडौँ– उत्पादनबाट नै देशको अद्योगिक क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गोल्डस्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ। हाल कतार निवासी प्यूठानका मधुसुधन केसीले कतारमा गोल्डस्टारको आउटलेट तयार गरेका छन्। आफ्नो भविष्य खोज्दै सन् २००७ मा कतारमा पुगेका प्यूठानका केसीले आफ्नै व्यापार सुरु गरी व्यावसायीको रुपमा स्थापित हुन सफल भएका हुन्। स्वदेशी उत्पादनलाई […]

नेपाली ब्रान्ड ‘गोल्डस्टार’को शोरुम कतारमा

काठमाडौं । नेपाली ब्रान्ड गोल्डस्टार फुटवेयरको बजार अब कतारमा पनि विस्तार हुने भएको छ । गोल्डस्टारले कतारमा आफ्नो ब्रान्डको बिक्री शुरु गर्न लागेको जनाएको हो ।हाल कतार निवासी प्यूठानका मधुसुधन केसीले कतारमा गोल्डस्टारको आउटलेट खोलेर नेपाली ब्रान्डको मार्केटिङ गर्ने भएका हुन् । केसी बैदेशिक रोजगारीको शिलशिलामा सन् २००७ मा कतारमा पुगेका थिए । तथापि, रोजगारीकै शिलशिलामा आफै व्यापार गर्न शुरु गरेका केसी हाल सोही स्थानमा सफल व्यवसायीको रुपमा स्थापित हुन सफल भएका छन् । पछिल्लो समय स्वदेशी उत

कतारमा पनि कोभिड-१९ को संक्रमण बढ्दो

कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढिरहेको कतारको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढेको बताएको हो। कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन्। शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ।योसमेत गरी १ लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ। २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ। चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निक