काभ्रेमा क्यान्सरको उपचार सुरु

काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ। अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो। काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडौँ पुग्नुपर्ने बाध्यता हटेको छ।