हिमामा आँखा उपचार केन्द्र

काठमाडौँ,२५ साउन । जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले […]

सम्बन्धित सामग्री

दोगडाकेदारको श्रीकोटमा खुल्यो आँखा उपचार केन्द्र

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ।दोगडाकेदार गाउँपालिका, नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र सेभा फाउन्डेशनको सहयोगमा गाउँपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो।दोगडाकेदार गाउँपालिका-३ मा रहेको श्रीकोट स्वास्थ्यचौकी सञ्चालन आएको आँखा उपचार केन्द्रको गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीले उद्घाटन गरे।गाउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकले सहजरुपमा आँखासम्बन्धी विभिन्न रोगको उपचारका लागि सहज हुने दोगडाकेदार गाउँप

भानु नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनको सम्झौता

तनहुँको भानु नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ। भानु–२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सञ्चालनको तयारी गरिएको हो।

चंखेलीमा आँखा उपचार केन्द्र स्थापना गरिने

सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिने भएको छ। हिमालयन आँखा अस्पताल घोरेपाटन पोखराको प्राविधिक सहयोग र चंखेली गाउँपालिकाको आर्थिक तथा व्यवस्थापनमा पालिका केन्द्र पिप्लाङमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको हो। गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीका अनुसार आँखा उपचार केन्द्र सञ्चालनका लागि हिमालयन आँखा अस्पताल घोरेपाटन पोखरा र चङखेली गाउँपालिकाबीच […]

गाउँपालिकाद्वारा आँखा उपचार केन्द्र सञ्चालन

दमौली, २ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिका आफैँले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । उक्त उपचार केन्द्रको सोमबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सर्वसाधारणलाई सहजरूपमा […]

ईश्वरपुरमा खुल्यो आँखा उपचार केन्द्र

सर्लाही । सर्लाहीको ईश्वरपुरस्थित नगर अस्पताल बयलवासमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । ईश्वरपुर नगरपालिकाले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा उपचार केन्द्रसँग समन्वय गरी नगर अस्पताल परिसरभित्रै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । आँखा उपचार केन्द्रको आज ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य र नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेलले संयुक्त रुपमा […]

पाँचथरको थर्पुमा खुल्यो आँखा उपचार केन्द्र

पाँचथरको याङवरक गाउँपालिकाको केन्द्र थर्पुमा याङवरक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ।

इन्द्रावतीमा आँखा उपचार केन्द्र

सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित नवलपुर प्राथमिक अस्पतालमा आज एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आँखा उपचार केन्द्रको उद्घाटन गरे । इन्द्रावती गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको समन्वयमा नवलपुरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष झम्क नेपालले जानकारी दिए। गाउँठाउँकै अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा […]

नाम्खामा आँखा उपचार केन्द्र स्थापना हुने

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ। काठमाडौँको तिलगंगा आँखा अस्पतालको सहयोगमा उक्त केन्द्र स्थापना हुने भएको हो। केन्द्रको लागि तिलगंगाले आवश्यक जनशक्ति, उपकरण र अन्य सामग्री सहयोग गर्नेछ। गाउँपालिका र तिलगंगाबीच आँखा उपचार केन्द्र स्थापना गर्ने सम्झौता भइसकेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए। सोही सम्झौतापछि गाउँपालिकास्तरमा आँखा उपचार […]

सहकारीले सञ्चालनमा ल्यायो आँखा उपचार केन्द्र

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ। च्यारिटी हेल्थ फाउण्डेसन कैलालीको साझेदारीमा सहकारीले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो।सर्वसाधारणलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन गरिएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताए। ‘सहकारीको उद्देश्य नाफा आर्जन गर्ने मात्र होइन’ उनले भने, ‘सामाजिक क्षेत्रमा समेत लगानी पनि गर्नुपर्छ। त्यही भावनाले प्रे

पाँचथरको यासोकमा आँखा उपचार केन्द्र स्थापना हुने

काठमाडौं। पाँचथरको कुम्यायक गाउँपालिकाको सेवाकेन्द्र यासोक बजारमा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ। नेपाल नेत्रज्योती संघ ताप्लेजुङ शाखा र कुम्मायक गाउँपालिकाबीच आँखा केन्द्र स्थापनाको लागि सम्झौता भएको हो। सम्झौताअनुसार आर्थिक वर्ष २०७८/०७९ मा आँखा उपचार केन्द्र स्थापना भइसक्नुपर्नेछ । पाँचथरमा जिल्ला अस्पतालस्थित आँखा उपचार केन्द्रबाहेक अन्यत्र आँखाको परीक्षण तथा उपचारसम्बन्धी व्यवस्था छैन् ।