राष्ट्रिय जनमोर्चाले गठन गर्यो नवलपरासीको बर्दघाटमा वडा समिति

परासी । राष्ट्रिय जनमोर्चाको सङ्घर्ष र सङ्गठन परिचालन समिति निर्वाचन क्षेत्र नं. १ को आयोजनामा बर्दघाट नगरपालिका वार्ड नं. ४ बाढीपीडितमा मिति २०७७ माघ १५ गते आयोजित एक भेलाले बलिराज रेग्मीको अध्यक्षतामा सात सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गणेश आचार्य, सचिवमा प्रेमबहादुर कुँवरक्षेत्री, कोषाध्यक्षमा दुर्गा आचार्य तथा सदस्यहरूमा बुद्धिप्रसाद सुवेदी, कमल कँडेल र तिलमाया विक रहनुभएको छ । त्यस्तै, वैकल्पिक सदस्यमा शारदा पौडेल र चुडामणि सापकोटा रहनुभएको छ । भेलाको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा जिल्लाध्यक्ष किसनबहादुर अधिकारी र अन्य अतिथिमा जिल्ला उपाध्यक्ष राजेन्द्र अर्याल, जिल्ला सल्लाहकारद्वय रेम राना र तिलकप्रसाद सुवेदी हुनुहुन्थ्यो । भेलाले ओली सरकारको अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी, प्रतिगामी कदमको भत्र्सना गर्दै त्यसका विरुद्ध वडाका विभित्र ठाउँमा माघ २८ गते पर्चा वितरण र कोणसभा गर्ने निर्णय गरेको प्राप्त समाचारमा जनाइएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय जनमोर्चाका विभिन्न सात विभाग गठन

राष्ट्रिय जनमोर्चाले विभिन्न विभाग गठन गरेको छ । असार ८ गते बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।  बैठकले संगठन, आर्थिक, प्रकाशन, सञ्चार तथा प्रचार–प्रसार विभाग, विकास निर्माण तथा स्थानीय तह परिचालन विभाग तथा सम्पर्क समिति समन्वय विभागको गठन गरेको हो । मनोज भट्ट इन्चार्ज रहनेगरी सात सदस्यीय संगठन विभागको गठन गरेको छ । जसको सदस्यहरूमा जनकराज शर्मा, नन्दराज भट्ट, सोमकुमार कार्की, रामकुमार क्षेत्री, गणेश आचार्य र नारायण जिसी रहे

पाँच दलीय संयन्त्रको उपादेयता

पाँच दलको गठबन्धनको कामलाई संस्थागत ढंगबाट अगाडि बढाउन भर्खरै उच्चस्तरीय समन्वय समिति गठन भएपछि अहिले अनेक कोणबाट टिप्पणी र आलोचना हुन थालेको छ । असंवैधानिक तवरबाट गत वर्ष प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा प्रतिगमन विरोधी आन्दोलन सञ्चालन गर्दै अगाडि बढ्ने […] The post पाँच दलीय संयन्त्रको उपादेयता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

संयन्त्र गठन नभएको जनमोर्चाको दाबी

काठमाडौं । सत्ताधारी दलहरुले बनाएको उच्च स्तरीय संयन्त्रप्रति गठबन्धन दलहरुबाटै विरोध शुरु भएको छ । गत सोमबार बसेको पाँच दलीय गठबन्धनले कुनै संयन्त्र नबनाएको भन्दै गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको हो । जनमोर्चाले प्रेस विज्ञप्ति नै निकालेर सरकार सञ्चालनका लागि भनेर कुनै संयन्त्र नबनाइएको भन्दै सरकारलाई सल्लाह सुझाव दिनका लागि समिति मात्रै बनाइएको बताएको […]

सांसद् शाही प्रकरण : जनमोर्चाद्वारा छानबिन समिति गठन

न्युज अफ नेपाल, काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद् खिमविक्रम शाही बिरामी प्रकरणबारे छानबिन गर्न महासचिव मनोज भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । शाही बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान गर्नु पूर्वनै एकाएक गायब भएका थिए । त्यस लगत्तै जनमोर्चाले आफ्ना सांसद हराएको भन्दै मतदान स्थगित गर्न माग गरेको थियो […]

‘अचानक बिरामी’ भएका सांसद शाहीको विषयमा छानबिन गर्न समिति गठन

पोखरा । अविश्वास प्रस्तावको मतदानको दिन बुधबार अचानक बिरामी भएर अस्पताल पुगेका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको घटनाबारे छानविन गर्न राष्ट्रिय जनमोर्चाले छानविन समिति गठन गरेको छ । बुधबार २ बजेसम्म सम्पर्कमा रहेका सांसद शाही त्यसपछि भने फोन अफ गरेर सम्पर्क विहिन भएका थिए ।  उनी सम्पर्कविहीन भएपछि जनामोर्चाकै सांसद पियारी थापाको...

वेदकोट नगरपालिकाको टोल–टोलमा राजमोको संगठन

पुष्कर भट्ट, महेन्द्रनगर । राष्ट्रिय जनमोर्चाले कञ्चनपुरको वेदकोट नगरपालिका–८ को ६ नम्बरमा टोल भेला सम्पन्न गरेको छ । आज (मंगलबार) सम्पन्न भेलाले करन कार्कीको संयोजकत्वमा टोल समिति गठन गरेको छ । समितिको सहसंयोजक धनश्याम जोशी, सचिव योगेश शाह र कोषाध्यक्षमा जानकी नाथ चयन हुनुभएको छ । सदस्यहरुमा हर्केश विष्ट, धनराज गिरी चयन हुनुभएको छ भने तीन स्थान हाल रिक्त छ । करन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल (छैठौं) का महासचिव महेशराज जोशीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा राजमो नगर समिति सदस्य दुर्गा नाथ र अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्टको आतिथ्यता रहेको थियो ।

रुपन्देही बुटवल-७ मा राष्ट्रिय जनमोर्चाको समिति गठन

बुटवल । राष्ट्रिय जनमोर्चाले बुटवल उपमहानगरपालिका–१७ मा टोल समिति गठन गरेको छ । २०७७ माघ १७ गतेका दिन सम्पन्न भेलाद्वारा सो समिति गठन भएको हो । भेलाले ईश्वरीप्रसाद सापकोटाको अध्यक्षतामा वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ओमबहादुर सुनार, सचिवमा महादेव न्यौपाने, कोषाध्यक्षमा अम्बिका पुन र सदस्यहरूमा नारायण पुन, दिलप्रसाद नेपाली र दामोदर ज्ञवाली रहनुभएको छ । भेलाको अध्यक्षता नारायण पुनले गर्नुभएको थियो ।

वार्ड वार्डमा सभा, टोल टोलमा कमिटीअन्तर्गत राजपुर-४ मा राजमोको समिति निर्माण

दिनेश रैदास, दाङ । ‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, विघटित संसदको पुनर्स्थापना र संघीयताका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नारासहित अगाडि बढेको राष्ट्रिय जनमोर्चाले संघर्ष र संगठन निर्माणलाई तीब्रता दिएको छ । वार्ड वार्डमा सभा, टोल टोलमा कमिटी अभियान अन्तर्गत आज राजपुर गाउँपालिका वार्ड नं ४ कोम्रेमा सम्पन्न भेलाले राजकुमार विश्वकर्मा (कमल) को अध्यक्षतामा ११ सदस्यीय वार्ड कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा फुलमाया भण्डारी, सचिव महेश चौधरी, सहसचिव शूरवीर घर्ती, कोषाध्यक्ष राम फकिरे रैदास र सदस्यहरूमा फुर्तीराम यादव, दिपेन्द्र चौधरी, चेतराम हरिजन, रामदेव भण्डारी रहनु भएको छ । हाल दुई रिक्त स्थान राखिएको छ । त्यसैगरी सल्लाहकारमा धर्मदास यादव, जसबहादुर घर्ती, विष्णु हरिजन र जुहरीलाल परियार रहनु भएको छ भने एक रिक्त स्थान राखिएको छ । राजकुमार विश्वकर्माको अध्यक्षता तथा रामफकिरे रैदासको स्वागत मन्तव्यबाट शुरु भएको भेलालाई प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीका उपाध्यक्ष महेश रिजाल, महेश चौधरी , फुर्तीराम यादव, विष्णु हरिजन, मतिसरा घर्ती लगायतले मन्तव्य दिनु भएको थियो । सहिदप्रति एक मिनेट मौधारण गरी शुरु भएको भेलाको सञ्चालन दिनेश रैदासले गर्नु भएको थियो । वार्ड वार्डमा सभा, टोल टोलमा कमिटी कार्यक्रम तय राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीको माघ ७ गते वार्ड नं ४ को कोम्रेमा सम्पन्न कार्यकर्ता भेलाले वार्ड वार्डमा सभा, टोल टोलमा कमिटी गठन अभियानका लागि कार्यक्रम तय गरेको थियो । जसअनुसार वार्ड नं ४ को वडास्तरीय कार्यकर्ता भेला माघ १० गते कोमरेमा, वार्ड नं ५ को वडा भेला माघ १३ गते महतेनी खोलामा, वार्ड नं ६ को वडा भेला माघ १५ गते गंगदी खोलामा, वार्ड नं ७ को वडा भेला माघ १९ गते गोठुवामा र वार्ड नं १ को वडा भेला माघ २३ गते कटबेरुवामा गरिने गरी तय गरिएको राजमो दाङका उपाध्यक्ष महेश रिजालले जानकारी गराउनु भएको छ । साथै सोही अभियान अन्तर्गत माघ २५ गते वार्ड नं ५ को जङ्रहवामा विशाल र्याली सहित विरोध सभा समेत आयोजना ...