बुटवल । राष्ट्रिय जनमोर्चाले बुटवल उपमहानगरपालिका–१७ मा टोल समिति गठन गरेको छ ।
२०७७ माघ १७ गतेका दिन सम्पन्न भेलाद्वारा सो समिति गठन भएको हो ।
भेलाले ईश्वरीप्रसाद सापकोटाको अध्यक्षतामा वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ओमबहादुर सुनार, सचिवमा महादेव न्यौपाने, कोषाध्यक्षमा अम्बिका पुन र सदस्यहरूमा नारायण पुन, दिलप्रसाद नेपाली र दामोदर ज्ञवाली रहनुभएको छ ।
भेलाको अध्यक्षता नारायण पुनले गर्नुभएको थियो ।