वेदकोट नगरपालिकाको टोल–टोलमा राजमोको संगठन

पुष्कर भट्ट, महेन्द्रनगर । राष्ट्रिय जनमोर्चाले कञ्चनपुरको वेदकोट नगरपालिका–८ को ६ नम्बरमा टोल भेला सम्पन्न गरेको छ । आज (मंगलबार) सम्पन्न भेलाले करन कार्कीको संयोजकत्वमा टोल समिति गठन गरेको छ । समितिको सहसंयोजक धनश्याम जोशी, सचिव योगेश शाह र कोषाध्यक्षमा जानकी नाथ चयन हुनुभएको छ । सदस्यहरुमा हर्केश विष्ट, धनराज गिरी चयन हुनुभएको छ भने तीन स्थान हाल रिक्त छ । करन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल (छैठौं) का महासचिव महेशराज जोशीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा राजमो नगर समिति सदस्य दुर्गा नाथ र अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्टको आतिथ्यता रहेको थियो ।

सम्बन्धित सामग्री

दुर्घटना राजमार्गमा बढी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिकाको सिसैयानजिकै पुस अन्तिममा ट्र्याक्टरको ठक्करले एक युवतीको मृत्यु भयो । वेदकोट नगरपालिका १ चम्फाुपरकी १८ वर्षीया तारा मल्ल महेन्द्रनगरबाट घरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो ।

वडा सदस्यको घरबाट चोरी भएको मोटरसाइकल जंगलमा फेला

कञ्चनपुर – कञ्चनपुरमा चोरी गरिएको मोटरसाइकल जंगलमा फेला परेको छ। बिहिबार राति १२ बजे जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ४ को सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा सदस्य नवराज भट्टको घरमा राखिएको उक्त म१प ४८५ नम्बरको मोटरसाइकल अज्ञात समूहले चोरी गरेको थियो। मोटरसाइकलको खोजी गर्दै जाँदा नगरपालिकाको वडा […]

वडा सदस्यको घरबाट चोरी भएको मोटरसाइकल जंगलमा फेला

कञ्चनपुरमा चोरी गरिएको मोटरसाइकल जंगलमा फेला परेको छ । बिहिबार राति १२ बजे जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ४ को सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा सदस्य नवराज भट्टको घरमा राखिएको उक्त म१प ४८५ नम्बरको मोटरसाइकल अज्ञात समूहले चोरी गरेको थियो । मोटरसाइकलको खोजी गर्दै जाँदा नगरपालिकाको वडा नम्बर २ स्थित सामुदायिक वन भित्र झाडीमा लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भीमदत्तको जैविक मार्ग कालोपत्रको तयारी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निर्माण गरेको जैविक धार्मीक पर्यटन मार्ग केन्द्रीय योजनामा परेको छ । नगरपालिकाले उत्तरी क्षेत्रको विकासका लागि निर्माण गरेको धार्मिक पर्यटन मार्ग कालोपत्रका लागि संघीय सरकारले बजेट विनियोजन गरेको हो । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत जैविक मार्ग कालोपत्र गर्ने योजना अघि बढाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतमा एकै दिन १६५ ओटा सडकको शिलान्यास गरेका थिए, जसमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा जैविक मार्ग छनोटमा परेको हो । यसका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत जैविक मार्ग कालोपत्रको तयारी भइरहेको बताए । उनका अनुसार ९ किलोमिटर सडक कालोपत्र गर्न लागत इस्टिमेट तयार भइसकेको छ । ‘भीमदत्त नगरपालिकाको चक्रपथ अन्तर्गतको सडक खण्ड धार्मिक पर्यटन मार्ग कालोपत्रका लागि योजना छनोट भएको छ,’ सूचना अधिकारी जोशीले भने, ‘डीबीएसटी प्रविधिबाट कालोपत्र हुन्छ, त्यसका लागि आवश्यक पूर्वाधार र संरचना लागि प्राविधिक अध्ययन गरी इस्टिमेट तयार भइसकेको छ ।’ एक महीनाभित्रै विभागबाट योजना स्वीकृत भइसक्ने र भदौ पहिलो हप्तासम्ममा सडक कालोपत्रका लागि ठेक्का आह्वान गरिने उनको भनाइ छ । निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण आर्थिक वर्ष २०८०/८१ सालभित्र सक्ने लक्ष्य लिएको छ । भीमदत्त नगरपालिकाले नगर चक्रपथका लागि ७२ किलोमिटर लामो पर्यटन मार्गको योजना अघि बढाएको छ । धार्मिक पर्यटन मार्गलाई चुरेको फेद हुँदैैै वेदकोट–गोदावरी र कर्णालीसम्म पुर्‍याउने लक्ष्य लिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले जैविक मार्गलाई काली, कर्णाली र गोदावरी नामकरण गरी प्राथमिकताका साथ काम अघि बढाएको छ । अहिले उक्त मार्गको काम वेदकोट नगरपालिका क्षेत्रमा विस्तार भइरहेको छ । नगरपालिकाको वडा नं १ बाराकुण्डादेखि ब्रह्मदेवसम्म निर्माण गरिएको जैविक मार्ग स्तरोन्नतिको काम समेत गरिसकेको छ । सो कार्यका लागि मार्गमा ग्राभेल गर्ने, माटो भर्ने, पाइप कल्भर्ट राख्ने र रोलिङ गर्ने कार्य सम्पन्न भएको छ । चुरे फेदमा निर्माण गरिएको यो मार्गले नगरपालिकाका १, ३, ७, ८, ९ र १० नम्बर वडा तथा उत्तरी क्षेत्रका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एक आपसमा जोडेको छ भने सडक पूर्वाधारबाट वर्षौंदेखि वञ्चित स्थानीयलाई यातायातमा सहज भएको छ ।

वेदकोट–८ मा राजमोको टोल समिति गठन

पुष्कर भट्ट, महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–८ बैजनाथ टोलमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । बुधबार वेदकोट नगरपालिकाको चार नम्बर टोल भेला सम्पन्न भएको हो । राजमो वेदकोट नगरपालिका–८ का वडा सचिव भुपेन्द्र भण्डारीको अध्यक्षता र अखिल (छैठौं)का महासचिव महेशराज जोशीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो । भेलाले मनि लुहारको संयोजकत्वमा १९ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको सहसंयोजकमा हरिना लुहार, सचिव टेकेन्द्र नाथ, सहसचिव मोहन दमाई र कोषाध्यक्षमा पार्वती विष्ट रहनु भएको छ । कार्यक्रममा राजमो वडा अध्यक्ष पदम साउद, अखिल नेपाल युवक संघका प्रदेश सदस्य भुपेन्द्र भण्डारी, ‌राजमो नेता मानबहादुर टेर, नरेन्द्र साउद, रामसिंह कार्की, विद्यार्थी नेता प्रकास जोशीलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टको सञ्चालनबाट अघि बढेको कार्यक्रममा (छैठौं) का महासचिव महेशराज जोशीले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।

वेदकोट ८ को टोल टोलमा संगठन निर्माण गर्ने राजमोको योजना

पुष्कर भट्ट, महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं ८ का टोल टोलमा संगठन निर्माण गर्ने गरी राष्ट्रिय जनमोर्चाले योजना बनाएको छ । मंगलबार सम्पन्न अगुवा कार्यकर्तासहित टोल समितिको बैठकले विभिन्न टोलमा संगठन निर्माणका लागि जिम्मेवारी दिएको छ । राजमोले फागुन २५ गते टोल भेला सम्पन्न गरिसक्ने र फागुन २९ गते वडा भेला गर्ने निर्णय गरेको छ। राजमो वडा समितिका अध्यक्ष पदम साउदको अध्यक्षता सम्पन्न कार्यक्रममा ‌अखिल (छैठौं) का महासचिव महेशराज जोशी, जिल्ला अध्यक्ष महेश भट्ट, सचिव पुष्कर भट्ट, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष अमिर कुंवर, राजमो नगरसमितका नेता दुर्गा नाथ, राजमो नेताहरु मानबहादुर टेर, जयबहादुर कार्की, नरेन्द्र साउद, युवा नेता करन कार्की, दलबहादुर खडायत, विद्यार्थी नेता प्रकाश जोशी, नेता असोक बोहरा, युवा नेता गोकर्ण जोशी, वडा सचिव भुपेन्द्र भण्डारी, सहसचिव गणेश नाथ, लगायत अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । वेदकोट नगरपालिका मा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । नगरपालिकाको वडा नं ८ मा हालै तत्कालिन माओवादी केन्द्रका प्रदेश सदस्य मानबहादुर टेर नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता राजमोमा समाहित हुनुभएको थियो ।

वेदकोट नगरपालिकाको राहत कोषमा काठ व्यवसायीको एक लाख एक हजार

कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्रका काठ व्यवसायीले नगरपालिकाले स्थापना गरेको विपत् राहत कोषमा एक लाख एक

बझाङमा जीप दुर्घटना : २ जनाको मृत्यु, १२ जना घाइते

बझाङ – बागथलाबाट विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।  बुंगल नगरपालिकाको वडा नम्बर ५ मिणीबगरमा जीप दुर्घटना हुँदा कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षीय  विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का ५६ वर्षीया धनबहादुर बोहराको ज्यान...

चुनावमा गरिएका प्रतिवद्धतासँगै जनअपेक्षा बढेको छ : वेदकोट नगरपालिका प्रमुख चन्द

पर्यटकीय नगरीका रूपमा परिचित कञ्चनपुरको वेदकोट नगरपालिका सुडा गाविस र दैजी गाविस मिलाएर बनाइएको हो। यस नगरपालिकामा १० वटा वडा रहेका छन्। नगरपालिकाको पूर्व र दक्षिणतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पश्चिमतर्फ भीमदत्त नगरपालिका र उत्तरतर्फ चुरे पर्वत श्रृंखला पर्दछन्।  यो नगरपालिका १५९.९२ वर्ग किलो...

विद्यालयमा विद्युतीय हाजिरी - Naya Patrika

वेदकोट नगरका सबै सामुदायिक विद्यालयमा ‘विद्युतीय हाजिरी’ जडान सुरु गरिएको छ । वेदकोट नगरपालिकाको योजनामा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी जडान सुरु गरिएको हो । वेदकोट नगरपालिका सूचना अधिकारी गणेश दत्त जोशीले चालू...पूरा पढ्नुहोस् »