वार्ड वार्डमा सभा, टोल टोलमा कमिटीअन्तर्गत राजपुर-४ मा राजमोको समिति निर्माण

दिनेश रैदास, दाङ । ‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, विघटित संसदको पुनर्स्थापना र संघीयताका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नारासहित अगाडि बढेको राष्ट्रिय जनमोर्चाले संघर्ष र संगठन निर्माणलाई तीब्रता दिएको छ । वार्ड वार्डमा सभा, टोल टोलमा कमिटी अभियान अन्तर्गत आज राजपुर गाउँपालिका वार्ड नं ४ कोम्रेमा सम्पन्न भेलाले राजकुमार विश्वकर्मा (कमल) को अध्यक्षतामा ११ सदस्यीय वार्ड कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा फुलमाया भण्डारी, सचिव महेश चौधरी, सहसचिव शूरवीर घर्ती, कोषाध्यक्ष राम फकिरे रैदास र सदस्यहरूमा फुर्तीराम यादव, दिपेन्द्र चौधरी, चेतराम हरिजन, रामदेव भण्डारी रहनु भएको छ । हाल दुई रिक्त स्थान राखिएको छ । त्यसैगरी सल्लाहकारमा धर्मदास यादव, जसबहादुर घर्ती, विष्णु हरिजन र जुहरीलाल परियार रहनु भएको छ भने एक रिक्त स्थान राखिएको छ । राजकुमार विश्वकर्माको अध्यक्षता तथा रामफकिरे रैदासको स्वागत मन्तव्यबाट शुरु भएको भेलालाई प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीका उपाध्यक्ष महेश रिजाल, महेश चौधरी , फुर्तीराम यादव, विष्णु हरिजन, मतिसरा घर्ती लगायतले मन्तव्य दिनु भएको थियो । सहिदप्रति एक मिनेट मौधारण गरी शुरु भएको भेलाको सञ्चालन दिनेश रैदासले गर्नु भएको थियो । वार्ड वार्डमा सभा, टोल टोलमा कमिटी कार्यक्रम तय राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीको माघ ७ गते वार्ड नं ४ को कोम्रेमा सम्पन्न कार्यकर्ता भेलाले वार्ड वार्डमा सभा, टोल टोलमा कमिटी गठन अभियानका लागि कार्यक्रम तय गरेको थियो । जसअनुसार वार्ड नं ४ को वडास्तरीय कार्यकर्ता भेला माघ १० गते कोमरेमा, वार्ड नं ५ को वडा भेला माघ १३ गते महतेनी खोलामा, वार्ड नं ६ को वडा भेला माघ १५ गते गंगदी खोलामा, वार्ड नं ७ को वडा भेला माघ १९ गते गोठुवामा र वार्ड नं १ को वडा भेला माघ २३ गते कटबेरुवामा गरिने गरी तय गरिएको राजमो दाङका उपाध्यक्ष महेश रिजालले जानकारी गराउनु भएको छ । साथै सोही अभियान अन्तर्गत माघ २५ गते वार्ड नं ५ को जङ्रहवामा विशाल र्याली सहित विरोध सभा समेत आयोजना ...

सम्बन्धित सामग्री

चुनावका लागि टोल समिति सक्रिय बनाउँदै कांग्रेस

१ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो प्रारम्भिक संरचना टोल कार्य समितिलाई सक्रिय बनाउने तयारी गरेको छ । २९ फागुदेखि सुरु भएको कांग्रेसको एक महिने चुनावी अभियानका क्रममा बाँकी रहेका टोल समिति गठन गर्ने र अधिकतम नागरिकलाई पार्टीसँग जोड्ने कांग्रेसको तयारी छ । कांग्रेसको विधानमा पार्टी संरचना आठ तहको हुने […]

अपराध न्यूनीकरण गर्न टोल सुधार समिति बनाउँदै प्रहरी

सल्यान : समाजमा आपराधिक तथा अप्रिय  घटना नियन्त्रण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानले टोल सुधार समिति अभियान सञ्चालन गरेको छ।प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुने आपराधिक घटनामा कमी ल्याउने उद्देश्यका साथ टोल टोलमा पुगी समिति गठन गर्न अभियान सञ्चालन गरिएको हो।सबै खाले आपराधिक घटना तथा घरेलु हिंसा न्यूनीकरण गर्न प्रहरी र नागरिकबिच सहकार्यका लागि टोल सुधार समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले बताए।उनका अनुसार समाजमा हुने घटनामा कमी ल्याउ

पञ्जाबको जालन्धरमा मूलप्रवाहको टोल समिति गठन

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितीद्वारा सञ्चालित बस्ती बावाखेल एरिया समिति अन्तर्गत राज नगरमा टोल समिति गठन भएको छ । १४ मार्चको श्रमजीवी नेपालीहरुको बिचमा एउटा भेलाको आयोजना गरि भारत स्थित नेपालीहरुको अबस्था लगाएतका समसामयिक विषयहरुमा छलफल पश्चात टोल समिती गठन गरिएको हो । नगर सहसचिव तिलबहादुर थापा, एरिया अध्यक्ष यमबहादुर घर्ती, एरिया सदस्य हरीकला बगाले, निर्मला पाण्डे र राम बहादुर सिंजालीको संयुक्त पहल तथा मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेको विषेश उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । भेलाले ११ सदस्यीय राजनगर टोल समिति गठन गरेको छ। जसको अध्यक्ष नरेश कुमाल, उपाध्यक्ष दिपक राना, सचिव अर्जुन कुँवर, सहसचिव प्रकाश पाण्डे, कोषाध्यक्षमा बिमल पाण्डे चयन हुनुभएको छ । सदस्यहरूमा लालबहादुर, तारा कुँवर, गिता राना, तारा पाण्डे, कमलादेवी कुमाल, बेदप्रसाद परियार रहनु भएको छ ।

किसान महासंघको टोल समिति गठन

नवलपुर । अखिल नेपाल किसान महासंघ (अप्फा) नवलपुरले सिर्जनसिल टोल समिति गठन गरेको छ । राजेन्द्र श्रेष्ठको अध्यक्षतामा गठित टोल समितिको उपाध्यक्षमा नारायण सापकोटा, सचिव रामु पौडेल, कोषाध्यक्ष ऋषिराम सापकोटा र सदस्यहरुमा हेमराज आचार्य, काजिमान तामाङ, ताराबहादुर तामाङ, रामबहादुर तामाङ, माया अधिकारी र गंगादेवी सापकोटा रहनुभएको छ । भेलामा अखिल नेपाल महिला संघका महासचिव सकुन्तला राना र अखिल नेपाल किसान महासंघ नवलपुरका कोषाध्यक्ष चन्द्र सापकोटाको उपस्थिति रहेको थियो ।

मूल प्रवाह नेपाली एकता समाजको टोल समिति गठन

खिमराज चालिसे/चण्डीगढ ।। गोविन्दगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ । गोविन्दगढ नगर समितिको गान्धिनगरमा नगरमा फेब्रुअरी २, २०२१ का दिन सम्पन्न भेलाद्वारा टोल समिति गठन गरिएको हो । नगर समितिका सदस्य नवीन थापाको पहल तथा नगर अध्यक्ष रामबहादुर ताम्राकारको बिशेष उपस्थितिमा उक्त भेला आयोजना गरिएको थियो । भेलाले विभिन्न समसामयिक विषयहरूमा व्यापक छलफलपश्चात दिलबहादुर बिसीको अध्यक्षतामा सात सदस्यीय टोल समिति गठन गरेको छ; जसमा सचिव सपना श्रीसमगर, कोषाध्यक्ष फूलमाया बुढाथोकी मगर तथा सदस्यहरूमा बुद्ध श्रीसमगर, मनबहादुर बुढाथोकी मगर, मधु बिसी र बसन्त थापा रहनुभएको नगर सचिव लालबहादुर विकले जानकारी दिनुभएको छ ।

प्युठानको स्वर्गद्वारारी धनचौरमा राष्ट्रिय जनमोर्चाको टोल समिति

खलङ्गा । प्युठानको स्वर्गद्वारी–८ धनचौरमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । राजमोका नगर सदस्य मोहन गोराथोकी र वडा इन्चार्ज शिव पन्थीको विशेष उपस्थितिमा २०७७ माघ १७, गते दिन आयोजित भेलाले सो समिति गठन गरेको हो । लोकबहादुर सापकोटाको अध्यक्षता तथा ईश्वरी पथीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा लक्ष्मी पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सालिकराम पार्दे, नमबहादुर, गुरुङ र ठाकुर गुरुङ्गले भेलालाई शुभकामना दिनुभएको थियो । भेलाले धनबहादुर गुरुङको अध्यक्षतामा एघार सदस्यीय टोल समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष लक्ष्मी पन्थी, सचिव ईश्वरी पन्थी, सहसचिव शान्ताराज सुनार, कोषाध्यक्ष छविलाल, सापकोटा र सदस्यहरूमा रामबहादुर गुरुङ, गुमानसिंह गुरुङ, बालाराम सापकोटा, लोक बहादुर सापकोटा, डिलाराम भण्डारी र इमानसिंह सापकोटा रहनुभएको छ । नवनिर्वाचित समितिलाई मोहन गोराथोकीले बधाइ दिनुभएको थियो ।

दाङको घोराही–१७ मा राष्ट्रिय जनमोर्चाको टोल समिति

दाङ । दाङको घोराही–१७ पनौरामा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । मनिराम पोख्रेलको अध्यक्षता तथा राजमो दाङ जिल्लाध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाद्वारा सो समिति गठन भएको हो । भेलामा राजमो दाङका जिल्ला सल्लाहकार ननुकान्त आचार्य, राजमोका जिल्ला सदस्य खडानन्द खनाल र अखिल नेपाल महिला सङ्घकी जिल्ला सचिव सारदा थापाको पनि आतिथ्त्यता रहेको थियोे । राजमो वडा सदस्य टोपाराम भट्टराईले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सहजीकरण राजमोकी जिल्ला सदस्य कृष्णा रानाले गर्नुभएको थियोे । भेलाले मनिराम पोख्रेलको अध्यक्षतामा टोल समिति चयन गरेको छ; जसको उपाध्यक्षमा लुमा कालाथोकी, सचिवमा घनश्याम कोइराला, कोषाध्यक्षमा पिमा पोख्रेल र सदस्यहरुमा गोविन्दप्रसाद आचार्य, गीता पोख्रेल र अमृता पोख्रेल रहनुभएको छ भने सल्लाहकारमा झबिलाल कालाथोकी र टोपाराम भट्टराई रहनुभएको छ ।

नवलपरासीको सुनवलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन

परासी । नवलपरासी सुनवल नगरपालिका वडा नं. ३ कीर्तिपुरमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । २०७७ माघ १२ गते भएको एक भेलाले राष्ट्रिय जनमोर्चाको कीर्तिपुर टोल समिति गठन गरेको हो । राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्ला नेता तिलक प्रसाद सुवेदीको प्रशिक्षण, राजमो जिल्ला सदस्य शेरबहादुर सूर्यवंसी र अखिल नेपाल युवक सङ्घका जिल्लाध्यक्ष कुलराज गौतमको उपस्थितिमा सो भेला सम्पन्न भएको थियो । भेलाले गठन गरेको टोल समितिको अध्यक्षतमा यमप्रसाद भुसाल, सचिवमा बादलकुमारी गौतम, कोषाध्यक्षमा ईन्द्रप्रसाद भुसाल र सदस्यहरूमा पूर्णकला भुसाल र बुद्धीकुमारी गौतम रहनुभएको छ। भेलाले ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी संसद विघटनको घोर भत्र्सना गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ ।

ढोरपाटन ४ मा युवक संघको टोल समिति

ईन्द्रमणि पाण्डे, बागलुङ । अखिल नेपाल युवक संघ ढोरपाटन नगरपालिका अन्तर्गत ढोनपा ४ रिखुवामा टोल समिति गठन गरिएको छ । राष्ट्रिय जनमोर्चा वडा सचिव कुलबहादुर छन्त्यालको उपस्थितिमा भएको भेलाले कोपिल अर्गेजाको अध्यक्ष्तामा टोल समिति गठन गरेको हो । जसको सचिव श्याम कुमार हर्मेल, कोषाध्यक्ष नवीन अर्गेजा लगायत रहनुभएको छ । कार्यक्रम कोपिल अर्गेजाको अध्यक्षता र टेकबहादुर हर्मेलको स्वागतमा सम्पन्न भएको बताईएको छ ।

दाङमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन

दाङ । दाङ राजपुर गाउँपालिका–७ हाडबासमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल र राष्ट्रिय जनमोर्चा दाङका उपाध्यक्ष महेश रिजालको विशेष उपस्थितिमा २०७७ पुस २९ गते आयोजित भेलामाझ सो समिति गठन गरिएको हो । भेलाले टेकबहादुर डाँगीको अध्यक्षतामा पाँच सल्लाहकारसहितको १६ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा खिमा डाँगी, सचिवमा दामोदर भण्डारी, कोषाध्यक्षमा भागिनाथ कुँवर र सहसचिवमा अर्जुन योगी रहनुभएको छ । त्यस्तै, सदस्यहरूमा कमल केसी, ईन्द्रबहादुर वली, रूपनाथ योगी, धनसरी सार्की, विशाल बुढा र शालिग्राम वली रहनुभएको छ । समितिको सल्लाहकारमा चन्द्रवीर कुमाल, पुन डाँगी, लक्ष्मी भण्डारी, दुर्गीनाथ कँवर र सीता भण्डारी रहनुभएको छ । दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा राजमो जिल्ला सदस्य रामफकिरे रैदासको पनि उपस्थिति रहेको थियो ।