संक्रमितका लागि 'भगवान्' बर्दियाका कोभिड अस्पतालका स्वास्थ्यकर्मी

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बेतहनीका तिलक विकलाई वैशाख ३० गते स्वास्थ्य समस्या देखियो। फिल्डमा काम गर्ने क्रममा उनी पानीमा भिजे। उनलाई ज्वरो आयो। उनी बायो हेल्थ प्रोजेक्टमा काम गर्छन्। ज्वरोलाई सामान्य हो भन्दै उनी फिल्डको काममा निस्किए।​​ स्वास्थ्यमा अलि बढी नै समस्या देखिएपछि उनी वैशाख ३० गते मेडिकलमा उपचार गराउन गए। डाक्टरले टाइफाइट भएको भन्दै औषधि दिएपछि उनले त्यहीँ सेवन गरे। जेठको ३ गतेसम्म उनले मेडिकलबाटै सेवा लिए। सन्चो नभएपछि कतै कोरोना त भएन भन्ने उनला...

सम्बन्धित सामग्री

कपिलवस्तु अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा

कपिलवस्तुका अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। अस्पतालको फार्मेसी फाँटमा कार्यरत महिला कर्मचारीले फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सुचना अधिकारी गणेश क्षेत्री विरुद्ध मुद्दा दिएकी हुन।...

जनकपुरधाम प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

प्रादेशिक अस्पताल जनकपुरधामलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शुक्रबार जनकपुरधाममा प्रादेशिक अस्पताल जनकपुरधामका स्वास्थ्यकर्मी तथा अस्पताल मातहत रहेको नर्सिङ कलेजका विद्यार्थी र कर्मचारीहरुले नगरमा प्रदर्शन गर्दै मधेस प्रदेशका सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् ।प्रतिष्ठानमा गाभेको करिब तीन महिनापछि प्रादेशिक अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले तीन बुँदे माग राख्दै मधेश प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।प्रादेशिक अस्पताल जनकपुरधामल

कोसी अस्पतालका १२२ जना स्वास्थ्यकर्मी संक्रमित

विराटनगर । प्रदेश १ कोसी अस्पतालका १२२ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। हाल सबै जना होमआइसोलेजनमा बसेका छन्। उक्त अस्पतालका २२ जना विशेषज्ञ चिकित्सक, ४१ नर्स, ११ जना पारामेडिसिन र ८ जना प्रशासनका कर्मचारीलगायत संक्रमित भएका छन्।

हेटौंडा अस्पतालका ३६ स्वास्थ्यकर्मी कोरोना संक्रमित

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका ३६ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रामचन्द्र सापकोटासहित ३६ जनामा कोरोना पुष्टि भएको हो।प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँका अनुसार अस्पतालमा कार्यरत ४ चिकित्सक, ११ नर्स, १३ अन्य स्वास्थ्यकर्मी र ८ जना प्रशासन तथा सरसफाइकर्मीमा कोरोना संक्रमण देखिएको छ।अस्पतालमा कार्यरत ठूलो कर्मचारी संख्यामा कोरोना देखिएपछि अस्पतालको नियमित काम प्रभावित बनेको रजिष्

भरतपुर अस्पतालका ३७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि

चितवन : भरतपुर अस्पतालमा कार्यरत ३७ स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालका मेसु डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार सोमवारसम्म ती कर्मचारीमा संक्रमण पुष्टि भएको हो। अस्पतालका ३७ कर्मचारीहरु कोभिड-१९ बाट संक्रमित भएकोले सेवा प्रवाहमा कठिनाइ भइसकेको भन्दै उनले अत्यावश्यक नपरि अस्पताल नआउन आग्रह गरेका छन्। 'कर्मचारी…

त्रिवि शिक्षण अस्पतालका ६० स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण

काठमाडौँ- राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त अस्पतालका चिकित्सक, आवासीय चिकित्सक, नर्स, अन्य कर्मचारीहरु र बिरामीसमेत गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको त्यहाँका निर्देशक दिनेश काफ्लेले देशसञ्चारसँग बताए। कोरोना संक्रमण पुष्टि भएका सबै स्वास्थ्यकर्मीहरु होम आइसोलेसनमा रहेको जानकारी उनले दिए। ‘एक जना बिरामीमा संक्रमण […]

मंसिरदेखि भत्ता नपाएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी धर्नामा

काठमाडौं। भत्ताको माग गर्दैं वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी धर्नामा बसेका छन्। हिजोदेखि आन्दोलित उनीहरुले आज पनि धर्ना दिएका छन्। अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमको कार्यकक्षमा भत्ता माग्न पुगेका स्वास्थ्यकर्मीमाथि प्रहरीले बल प्रयोग गरेको थियो। गौतमले प्रहरी बोलाएर आफ्नै कर्मचारी कुटाएको भन्दै उनको सरुवा हुनुपर्ने स्वास्थ्यकर्मीले माग गरेका छन्। वीरका स्वास्थ्यकर्मी तथा कर्मचारीले मङ्सिरदेखि भत्ता पाएका छैनन्।

पर्वत अस्पतालका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन

कोरोना महामारीको बेलामा फ्रन्टलाइनमा रहेर काम गर्ने पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालू अवस्थामा रहेको खाता सञ्चालनमा स्वीकृति नदिएपछि पर्वत अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ ।काम गरेको लामो समय हुँदा समेत तलब […]

पर्वत अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी तलबविहीन

पर्वत । पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालु अवस्थामा रहेको खाता सञ्चालनमा रोक्का गरेपछि उनीहरु तलब पाउनबाट बञ्चित बनेका हुन् । अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ । काम गरेको लामो समय हुँदा समेत […]