मंसिरदेखि भत्ता नपाएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी धर्नामा

काठमाडौं। भत्ताको माग गर्दैं वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी धर्नामा बसेका छन्। हिजोदेखि आन्दोलित उनीहरुले आज पनि धर्ना दिएका छन्। अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमको कार्यकक्षमा भत्ता माग्न पुगेका स्वास्थ्यकर्मीमाथि प्रहरीले बल प्रयोग गरेको थियो। गौतमले प्रहरी बोलाएर आफ्नै कर्मचारी कुटाएको भन्दै उनको सरुवा हुनुपर्ने स्वास्थ्यकर्मीले माग गरेका छन्। वीरका स्वास्थ्यकर्मी तथा कर्मचारीले मङ्सिरदेखि भत्ता पाएका छैनन्।

सम्बन्धित सामग्री

नयाँ हाकिमबाट पनि जोखिम भत्ता आएन, वीरमा चर्कियो आन्दोलन

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का स्वास्थ्यकर्मी जोखिम भत्ता माग गर्दै आन्दोलित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको लागि आवश्यक रकम निकासा गरे पनि समयमै वितरण नभएपछि गएको आर्थिक वर्षमा सो रकम त्यत्तिकै फ्रिज भएको थियो ।कोरोनाको पहिलो लहरदेखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइकर्मी लगायतका कर्मचारीले जोखिम भत्ता र ओभरटाइम काम गरेबापतको अतिरिक्त रकम तथा सधैँ खाइपाइ आएको औषधि उपचार खर्च समेत नपाएको आन्दोलनरत पक्षको भनाइ छ । महामारीमा दिनरात ख

वीर अस्पतालका स्वास्थ्यकर्मीको चेतावनी- ३ दिनमा माग पुरा नभए सेवा ठप्प पार्छौ

४४ दिनदेखि स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलनमा लागेपछि वीर अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको छ । सरकारले तोकेको सेवा सुविधा नपाएको भन्दै स्वास्थ्यकमी तथा कर्मचारी आन्दोलनमा छन् । स्वास्थ्यकर्मीहरूले मंगलबार पनि वीर अस्पताल ...