हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका ३६ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रामचन्द्र सापकोटासहित ३६ जनामा कोरोना पुष्टि भएको हो।प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँका अनुसार अस्पतालमा कार्यरत ४ चिकित्सक, ११ नर्स, १३ अन्य स्वास्थ्यकर्मी र ८ जना प्रशासन तथा सरसफाइकर्मीमा कोरोना संक्रमण देखिएको छ।अस्पतालमा कार्यरत ठूलो कर्मचारी संख्यामा कोरोना देखिएपछि अस्पतालको नियमित काम प्रभावित बनेको रजिष्