कपिलवस्तु अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा
कपिलवस्तुका अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। अस्पतालको फार्मेसी फाँटमा कार्यरत महिला कर्मचारीले फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सुचना अधिकारी गणेश क्षेत्री विरुद्ध मुद्दा दिएकी हुन।...
‘प्रारम्भिक अनुसन्धानमा पीडितमाथि जातीय विभेदसँगै अन्य हिंसा भएको देखियो । त्यसैले ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइसकिएको छ’, प्रहरी निरीक्षक बुढाथोकीले भने ।
महेन्द्रनगर (धनुषा)। मधेस प्रदेश सरकारमार्फत स्वास्थ्य क्षेत्र हस्तान्तरण भएपछि यहाँका स्वास्थ्यमा सुधार हुन थालेको छ ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा कार्यक्रममा सहभागीहरुले सीमित साधनस्रोत भएर पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको जानकारी दिए ।
मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले आधारभूत स्वास्थ्यका लागि वडावडामा स्वास्थ्य संस्था स्थापना भए पनि गुणस्तरीय स्वास्थ्य सेवा जनताले अझै पाउन नसकेको बताए । उनले भने, “मधेस प्रदेशमा सुत्केरी तथा शिशुको मृत्युदर अन्य प्रदेशका तुलनामा उच्च भएकाले त्यसमा सुधार गर्नका लागि स्वास्थ्य क्षेत्रका अगुवालाई आग्रह गरिएको छ ।” प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको सुपोषित प्रदेश बनाउने र मातृ तथा शिशु मृत्युदर घटाउने नीतिलाई प्रभावकारीरूपले कार्यान्वयन गर्न आवश्यक भएको उपाध्यक्ष चौधरीले बताए ।
प्रदेशसभा सदस्य रुपाकुमारी यादवले मधेस प्रदेशका स्वास्थ्यकर्मी तथा शिक्षक देशमा नै नाम कहलिए यहाँको स्वास्थ्य क्षेत्र पछाडि पर्नाको कारणबारे प्रश्न उठाए । प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रमोदकुमार यादवले मधेसको स्वास्थ्य क्षेत्र विगत पाँच वर्षयतादेखि निरन्तर सुधार भइरहेको बताउँदै अहिले स्वास्थ्यका धेरै पूर्वाधारको व्यबस्ता तथा उपचार पनि शुरू गरिएको छ भने।
सबै जिल्लामा १५ शय्यामा सञ्चालित अस्पताललाई प्रादेशिक अस्पतालमा ल्याएर एक सय शय्या सञ्चालन गर्ने काम भएको उनको भनाइ थियो । सचिव यादवले प्रदेशमै गुणस्तरीय प्रयोगशाला तथा दुई करोड डोज अटाउने खोप भण्डार गृह सञ्चालनमा ल्याइएको जानकारी दिए । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले मधेस प्रदेशमा धनी तथा गरिबबीच खाडल भएका कारणले गरिबमा कुपोषण तथा धनीमा नसर्ने रोगको समस्या भएको बताए ।
निर्देशनालयका निर्देशक डा राजीवकुमार झाले जनशक्ति तथा साधन स्रोतको अभावले कतिपय क्षेत्रमा चाहेजतिको कामकाज गर्न नसके पनि स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार लागिपरेको बताए । उनले भने, स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि पालिकासँगको सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य सेवा केन्द्रका निर्देशक डा अरुण बास्तोला, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा नागेन्द्रप्रसाद यादव, राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा सरोजकुमार खड्का र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा चुमनलाल दास, क्षयकुष्ठ रोग अधिकृत राजवीर यादवसहितले स्वास्थ्य क्षेत्रका विविध विषयमा चर्चा गरेका थिए । रासस
काठमाडौँ। ललितपुरमा २०७१ सालमा स्थापित जिवनज्योति महिला संघमा ११ हजार यौनकर्मी महिलाहरु दर्ता भैसकेका छन् । यो यौनकर्मी महिलाहरु मिलेर खोलेको संस्था हो । नेपालमा ५० हजार भन्दा बढी यौनकर्मी महिला तथा पुरुषहरु आबद्ध संस्था भएको संस्थाकी अध्यक्ष भावना राईले बताइन् । गोदावरीमा नेपाल परिवार नियोजन संघको आयोजनामा मंगलवार स्वास्थ्यकर्मी, पत्रकार, तेस्रो लिंगी, समुदायका यौनिक […]
काठमाडौं । राष्ट्रियसभाको मंगलवारको बैठकमा आठओटा अध्यादेश पेश गरिएका छन् । राष्ट्रियसभाको बैठकमा गृहमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, २०७८ पेश गरेका छन् ।
मन्त्री कोइरालाले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको तर्फबाट औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ पनि सभासमक्ष पेश गरे । यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको तर्फबाट रेलवे अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ र यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८ लाई पनि पेश गरिएको छ ।
माथिल्लो सदनमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट विभिन्न मितिमा मन्त्रिपरिषद् गठन, कार्यभार तोकिएको र राष्ट्रियसभा सदस्य मनोनयनसम्बन्धी प्राप्त पत्रको बेहोरा जानकारी गराएका थिए । बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धर, पहिलो संविधानसभा सदस्य जगतबहादुर ताजपुरिया, दोस्रो संविधानसभा सदस्य दुमनसिंह थापा र प्रतिनिधिसभाका पूर्वसदस्य विष्णुराज आचार्यको निधनप्रति शोक प्रस्तावसमेत पारित गरिएको थियो । रासस
सुर्खेत । कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका ७ की १८ वर्षीया एक युवतीले स्वास्थ्यकर्मी कमल बटालाले आफूलाई यौन दुव्र्यहार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छिन् । साउन १९ गते राती साढे एक बजेको समयमा बटालाले आफूलाई जर्वजस्ती करणी गर्न खोजेको उनको दावी छ । युवतीले इप्रका कुमालगाउँमा निवेदन दर्ता गरेपछि प्रहरीले बटालाको खोजी गरिरहेको जिल्ला […]
काठमाडाैं । अरुलाई उपचार गरेर ज्यान बचाईदिने स्वास्थ्यकर्मी नै यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।
इलाम नगरपालिका वडा नम्बर १२ कि १७ किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी ...
इलाम – यौन दुर्व्यवहारको अभियोगमा इलाम अस्पतालका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला अस्पताल इलामको आँखा उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी पक्राउ परेका हुन् ।
नवलपरासी घर भइ इलाम अस्पतालको आँखा उपचार केन्द्रमा कार्यरत सुवेदीलाई इलाम नगरपालिकाकी ...