जनकपुरधाम प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

प्रादेशिक अस्पताल जनकपुरधामलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शुक्रबार जनकपुरधाममा प्रादेशिक अस्पताल जनकपुरधामका स्वास्थ्यकर्मी तथा अस्पताल मातहत रहेको नर्सिङ कलेजका विद्यार्थी र कर्मचारीहरुले नगरमा प्रदर्शन गर्दै मधेस प्रदेशका सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् ।प्रतिष्ठानमा गाभेको करिब तीन महिनापछि प्रादेशिक अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले तीन बुँदे माग राख्दै मधेश प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।प्रादेशिक अस्पताल जनकपुरधामल

सम्बन्धित सामग्री

प्रदेश सरकारको निर्णयविरुद्ध स्वास्थ्यकर्मीको नाराबाजी

जनकपुरधाम : मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेपछि स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा गाभेर सञ्चालनमा ल्याउने प्रदेश सरकारको निर्णयविरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारी र नर्सिङ कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका  हुन्।प्रतिष्ठानबाट अस्पताललाई अलग्गै राख्नुपर्ने माग गर्दै शुक्रबार  स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थी प्रदेश सरकारविरुद्ध प्रदर्शन गरे। उनीहरूले जनकपुरधाममा न