प्रदेश नम्बर ४ को सरकारले आवश्यक कानून र बजेटलाई जोड दिने तयारी थालेको छ। प्रदेशको विकासका लागि स्वास्थ्य, पूर्वाधार निर्माण, विद्युत विस्तार, खानेपानी, कानून निर्माण र बजेटको तयारीलाई तीव्रता दिएको छ। यतिबेला सरकारको पूर्ण ध्यान कानून निर्माणतर्फ केन्द्रीत छ। यसका लागि क्याबिनेट बैठकबाटै मस्यौदा समिति गठन गरेर अगाडि बढेको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन…