अमेरिकामा गर्भपतनको अधिकार माग गर्दै हजारौँ मानिसले देशव्यापी प्रदर्शन गरेका छन् । गर्भपतनको अधिकारका समर्थकहरुले गर्भपतनको संवैधानिक अधिकार कटौती हुनसक्ने भन्दै सबै राज्यहरुबाट दबाब स्वरुप प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतमा गर्भपतनको मुद्दाको सुनुवाईको तयारी भइरहँदा केही महिनाअघि देखि नै यहाँ गर्भपतनको पक्षमा र्याली भएको छ ।