भारतको सर्वोच्च अदालतले दियो अविवाहित महिलालाई पनि गर्भपतनको अधिकार

 काठमाडौं : भारतमा अब अविवाहित महिलाले गर्भपतन गर्न पाउने भएका छन्।  भारतको सर्वोच्च अदालतले बिहीबार गर्भपतनसम्बन्धी महत्त्वपूर्ण फैसला गर्दै विवाहित वा अविवाहित सबै महिलालाई गर्भपतन गर्ने अधिकार दिएको हो।अदालतले ‘मेडिकल टर्मिनेसन अफ प्रेग्नेन्सी एक्ट’ अन्तर्गत सबैलाई २२ देखि २४ हप्तासम्मको गर्भपतन गर्ने अधिकार रहेको बताएको छ। न्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको इजलासले विवाहित महिला मात्रै यौनसम्पर्कमा सक्रिय हुने धारणा रूढीवादी रहेको तर्क गरेको छ। इजलासले भनेको