अमेरिका : गर्भपतनको अधिकार खोसिने आशंकाबीच थुप्रै शहरमा प्रदर्शन

 गर्भपतनको अधिकारलाई कायम राख्न अमेरिकाका धेरै सहरमा शनिबार व्यापक प्रदर्शन भएको छ । गर्भपतनको अधिकारका समर्थक आगामी केही हप्तामा सर्वोच्च अदालतको आगामी निर्णयमा आफ्नो ऐक्यबद्धता देखाउन भेला भएका हुन् ।पीटीआईका अनुसार शिकागो, एटलान्टा, ह्युस्टन र अन्य शहरहरूमा शनिबारको र्यालीमा सहभागीहरूले भविष्यमा यो अधिकारलाई कानुनी रूपमा कायम राख्न संघर्ष गर्ने दृढता व्यक्त गरे ।यसै साता सर्वोच्च अदालतको धारणा चुहावटका कारण यी विरोध प्रदर्शन भइरहेका छन् । पोलिटिको डटकम नामको वेबसाइटले जारी गरेको रिपोर्ट