आफ्नो एउटा महत्वपूर्ण निर्णयमा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई वैधानिकता दिने पाँच दशक पुरानो निर्णयलाई खारेज गरिदिएपछि देशका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ ।अब अमेरिकाका विभिन्न राज्यले महिलाका लागि गर्भपतनको अधिकार वैधानिक हुने कि नहुने सम्बन्धमा आ–आफ्नो नियम बनाउन सक्नेछन् ।यसपछि अमेरिकाका आधाभन्दा बढी राज्यले गर्भपतनसम्बन्धी नयाँ प्रतिबन्धहरू लागू गर्न सक्ने विश्वास गरिन्छ ।१३ राज्यले गर्भपतनलाई गैरकानूनी बनाउने कानुन पारित गरिसकेका छन्, सर्वोच्च अदालतको फैसलापछि यी कानुन लागू हु