गर्भपतन अधिकार उल्ट्याएको विरोधमा वासिंगटनमा विशाल प्रदर्शन

एजेन्सी- सर्वोच्च अदालतले गत महिना गर्भपतनको अधिकार उल्ट्याएको विरोधमा अमेरिकाको राजधानीमा वासिंगटन डिसीमा हजारौँ मानिसले प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतले गर्भपतनको अधिकार उल्ट्याएको दुई सातापछि प्रदर्शन भएको हो। ‘हामी फिर्ता जानेछैनौँ’ भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरू जम्मा भएका थिए। प्रदर्शनकारीमध्ये केहीले आफूलाई बाहिर गेटमा बाँधेका थिए। प्रदर्शनमा अमेरिकाभरबाट १० हजार जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। […]