काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले नेपाली कांग्रेसबाट चार र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्रीसमावेश गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन्।कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन्। कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन्। मन्त्रालयको संख्या १० वटा मात्रै भएपछि चित्राकारलाई विना विभागीय मन्त्री बनाइएको हो। एकीकृत समाजव