काठमाडौं, १० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै हप्ता मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । उनले गठबन्धन दलका नेताहरुसँग मन्त्रिमण्डल विस्तारबारे परामर्श सुरु गरिसकेका छन् । देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरी भोलिभित्रै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् […]